9 years ago
December 3, 2016
मड्रिड (एजेन्सी)– अन्तिम मिनेटमा बार्सिलोना सम्हालिन नसकेपछि सिजनको पहिलो ‘एल क्लासिको’ बराबरीमा टुंगिएको छ । स्पेनिस ला लिगको सिजनको पहिलो बहुप्रतिक्षित खेलमा रियल मड्रिड र बार्सिलोनाले १–१ को बराबरी खेलेको छन् ।

अन्तिम मिनेटमा सर्जियो रामोसले हेडमार्फत बराबरी गोल फर्काएपछि बार्सिलोना स्पष्ट ३ अंक लिनबाट असफल भएको छ । लुका मोड्रिचको फ्रिकिकमा रामोसले हेडमार्फत उत्कृष्ट गोल गरे ।
दोस्रो हाफमा बार्सिलोनाका लुइस स्वारेजले गरेको गोल नै रियलमाथि अग्रता लिएको थियो । ५३ औं मिनेटमा नेयमारको फ्रिकिकमा स्वारेजले हेड गोल गरेका थिए । ला लिगामा बार्सिलोनाका यो लगातार तेस्रो बराबरी हो । उता रियलले आफ्नो अपराजित यात्रालाई कायम राखेको छ । शनिबारको नजितासहित सबै खाले प्रतिस्पर्धामा गरि रियलको अपराजित यात्रा ३३ खेल पुगेको छ ।
पछिल्ला दुई खेलमा बाराबरी खेलेको बार्सिलोना घरेलु मैदानमा खेल्दा पनि दबाबमा थियो । बराबरीपछि शीर्षस्थानको रियल र दोस्रो स्थानको बार्सिलोनाबीच ६ अंकको दुरी यथावत रहेको छ । १४ खेलको समाप्तीमा रियलको ३४ र बार्सिलोनाको २८ अंक छ । दोस्रो हाफमा नेयमारले गोलअन्तरलाई दोब्बर पार्ने अवसर पाएका थिए । तर उनको प्रहार पोस्टको थोरैमाथिबाट बाहिरियो । आन्द्रे इनियस्टा र लियोनल मेसीले पनि गोलको मौका पाए, तर मौकाको उपयोग गर्न सकेनन् । त्यसअघि रियलले पनि अग्रताको मौका पाएको थियो । तर क्रिस्टियानो रोनाल्डोको प्रहारलाई बार्सिलोनाका गोलकिपरले रोके । बराबरी गोलअघि पनि रोनाल्डो गोलको अर्को मौका पाए, तर सफल भएनन् । खेलको पहिलो हाफमा रियल र दोस्रो हाफमा बार्सिलोना खेलमा हावी भएको थियो ।


December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]