default_image

4 years ago

March 24, 2022

रेफ्रीलाई हातपात गर्ने श्री भगवतीका अफिसियल र प्रशिक्षकलाई प्रतिबन्ध

385 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गत लिग समितिले रेफ्रीमाथि हातपात गर्ने श्री भगवती क्लब, टोखाका अफिसियल तथा प्रशिक्षकलाई प्रतिबन्ध लगाएको छ ।

बुधबार बि डिभिजन लिग अन्तर्गत बाँसबारीविरुद्ध खेल दौरान रेफ्रीको निर्णयमा असन्तुष्टि व्यक्त गर्दै अफिसियलले खेल सकिएलगत्तै मैदान प्रवेश गरेर हातपात गरेका थिए । तुरुन्तै मैदानमा सुरक्षा व्यवस्थाका लागि खटिएका सुरक्षा गार्ड र एन्फाका कर्मचारीले स्थिति साम्य पारेका थिए । लिगको शीर्ष स्थानमा उक्लने लक्ष्यसाथ उत्रिएको श्री भगवती टोखा खेलमा २-१ ले पराजित भएको थियो ।

विशेषगरी खेलको ८४ औं मिनेटमा रेफ्रीले दिएको पेनाल्टी र रातो कार्डको निर्णयदेखि नै टोखाका समर्थक थप आक्रोशित बनेका थिए । लिग दौरान दर्जनौं संख्यामा खेल हेर्न उपस्थित हुने गरेका टोखाका समर्थकले पनि रेफ्रीविरुद्ध नाराबाजी गरेका थिए । तर बेन्चमा रहेका दुई अफिसियलले भने खेलपछि रेफ्री र सहायक रेफ्रीमाथि नै हातपात गरे ।

समितिले खेल सकिएपछि टेक्निकल एरियाबाट खेल मैदान भित्र प्रवेश गरी उत्तेजित वातावरण श्रृजना गरिएको हुँदा श्री भगवती क्लबका प्रशिक्षक शैलेश कर्माचार्यलाई तीन म्याचमा प्रशिक्षक हुन नपाउने गरि प्रतिबन्ध गर्ने निर्णय गरेको छ ।

त्यस्तै खेल मैदान भित्र प्रवेश गरी रेफ्रीहरुलाई कुटपिट गर्ने श्री भगवती क्लबका टिम अफिसियलहरु राजाराम श्रेष्ठ र विक्रम डंगोल तथा खेल मैदान भित्र घटनालाई नियन्त्रण गर्न खोजिरहेका सुरक्षाकर्मी माथी हातपात गरेका व्यवस्थापक दिपेन्द्र डंगोललाई ६ वटै म्याचमा टिम अफिसियल हुन नपाउने गरी प्रतिबन्ध गर्ने निर्णय गरेको छ ।

त्यस्तै सो घटनामा प्लेयर वक्स, दर्शकदिर्घा, भि. आई.पि. एरिया सबै तिरबाट खेल मैदान खेलाडी, प्रशिक्षक, टिम अफिसियल र टिम समर्थकहरु भित्र प्रवेश गरी उत्तेजित बातावरण बनाई रेफ्री र सुरक्षाकर्मी माथी कुटपिट गर्ने, अपशब्द प्रयोग गरि गाली गर्ने र आयोजक समितिमाथि पानीको बोतल प्रहार गर्ने जस्ता निन्दनिय कार्य गरेको हुँदा श्री भगवती क्लबलाई पचास हजार रुपैयाँ जरिवाना गरिएको छ ।

लिग समितिले निर्णयहरुमा आवश्यक थप कारबाही गर्नु पर्ने भए थप कारबाही गर्नको लागि एन्फा अनुशासन समितिमा सिफारिस गरिदिन एन्फा सचिवालयलाई अनुरोध गर्ने समेत गरेको छ ।

लिग निर्देशक संजिव मिश्रले लिग समितिले लिग संचालनमा बाधा नपरोस भनेर हाललाई यो कारवाही गरिएको बताए । ‘हामीले हाललाई लिग नियमित संचालन गर्न यो कारवाही गरेका हौं । अब अनुशासन समितिले थप कारवाही आवश्यक भए गर्नेछ । भोली हुने श्री भगवतीको खेलबाट कारवाही लागु हुनेछ,’ उनले भने ।

यसअघि २०७३ सालको बी डिभिजन लिग दौरान श्री कुमारी क्लबका अफिसियलले यस्तै प्रकृतिको आक्रमण गरेका थिए । त्यसबेला एन्फाले श्री कुमारी क्लबका तत्कालिन अध्यक्ष नकुल हमाल, टिम व्यवस्थापक अनुप अधिकारी लगायतका अफिसियल र क्लबलाई २ वर्ष प्रतिबन्ध लगाएको थियो ।

निर्देशक मिश्रलाई पुरानो घटनाको नजिरबारे सोध्दा उनले थप कारवाही गर्न अनुशासन समितिले निर्णय गर्ने बताए । लिग समितिले आफ्नो निर्णयमा पनि सचिवालय मार्फत अनुशासन समितिलाई सिफारिस गर्न अनुरोध गरेको छ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.