default_image

9 years ago

September 15, 2015

थ्री स्टारले एपिएफ लाई ४-१ ले हरायो

102 views

0 Bookmark

काठमाडौं, भाद्र २९ ।
आज भएको राष्ट्रिय लिगको ३४औ खेलामा थ्री स्टार क्लबले नेपाल एपिएफलाई ४-१ ले पराजित गर्‍यो । बिजेता टिमको लागि सेगुन, जगजीत श्रेष्ठ ले दुई र बिजय गुरुङले गोल गरे भने पराजित टिमको लागि हेमन गुरुङले गोल गरे ।

Three Star Club vs Nepal APF

थ्री स्टार टिमले अधेक्ष्य ललित कृष्ण श्रेष्ठ दिबाङ्गत भएपछी खेलेको यो पहिलो खेल हो । क्लबका पदधिकारीहरु ले उन्को समझनामा हातमा कालो पट्टी बधेका थिए । एपिएफका पहिलो रोजाइका कीपर बिन य र स्टारका सन्तोश सस्पेन्सनका कारण खेल्न पाएनन । थ्री स्टारले फ्रन्त लाईनमा पहिलो चोटी नयाँ बिदेशी खेलाडी आफिज र सेगुनलाई उतारेको थियो भने एपिफले पनि चोट ग्रस्त अन्जन बिष्ट लाई दोस्रो हाल्फमा उतारेको थियो ।

थ्री स्टारले पहिलो हाल्फको १३ मिनटमा नै आग्रता लिएको थियो । बिक्रम लामाको पास मा सेगुनले गोल गरेका थिए तर हेमनले ३५ यार्ड बाट हनेको फ्री किक किराणाले जोगा उन नसक्दा खेल १-१ भयो । खेअल्को ३८ मिनटमा जगजीतले सेगुनको पासमा गोल गर्दै थ्री स्टार लाई पुन: अग्रता दिलए । थ्री स्टारको लागि तेस्रो गोल बिजय गुरुङले ५८औ मिनट मा गरे । तेस्रो गोलको लागि पनि पास बिक्रम लामा कै थियो । ९०औं मिनटमा जगजीतले आफ्नो वेक्तिगत दोस्रो तथा थ्री स्टारको लागि चौथो गोल गरे । जगगीत्ले १८ यार्ड बाट फ्री किक सदुपायोग गरेका थिए ।  सो पश्चात कुनै पनि गोल हुन सकेन ।

खेलको उत्कृष्ट खेलाडी जगजीत श्रेष्ठ भए । 

December 15, 2024

राष्ट्रिय जागृतिसँग झापा ११ को हार

हिमाल खरेल,बिर्तामोड फिनिसिङमा तालमेल नमिल्दा आयोजक झापा–११ एफसी बिर्तामोडमा जारी झापा कपको पहिलो चरणबाटै बाहिरिएको छ । स्टार खेलाडीले भरिएको झापा–११ ले खेल अवधिभर सशक्त आक्रमण गर्न सकेन । डोमालाल राजवंशी रंगशालामा जारी प्रतियोगिताको दोस्रो दिनको आइतवार आयोजक झापा ११ फुटबल क्लबलाई २-० ले पराजित गर्दै राष्ट्रिय जागृति क्लब इटहरी क्वार्टर फाइनलमा प्रवेश गरेको छ […]

December 15, 2024

बुन्डेसलिगामा बार्यनको‌ पहिलो हार

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बार्यन म्युनिखले शनिवार सिजनको पहिलो‌ हार बेहोरेको छ। भिन्सेन्ट कम्पोनीको टोली बार्यन माइन्जसँग २-१ ले पराजित भएको हो। माइन्जका लागि दुवै गोल दक्षिण कोरियाली फरर्वाड लि जे सुङले गरे । बार्यनका लेरोय सानेले गोल गरे। रक्षापंक्तिको कमजोरीको फाइदा उठाउँदै सुङले ४१ औं मिनेटमा पहिलो गोल गरे । ६० औं मिनेटमा […]

December 15, 2024

लिभरपुल हारबाट जोगियो, आर्सनल पनि रोकियो

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा शनिवार शीर्षस्थानको लिभरपुल र तेस्रो स्थानको आर्सनलले अलग अलग खेलमा बराबरी खेलका छन् । खेलको अन्त्य तिर गोल फर्काउँदै लिभरपुल फुलह्यामसँग हारबाट जोगिएको हो । आर्सनलले एभर्टनसँग गोलरहित बराबरी खेलेको छ। १० खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको लिभरपुल दुई पटक खेलमा पछि परेर पनि बराबरी गर्न सफल रह्यो। लिभरपुलका […]

Success

Thank you for your time.