default_image

2 years ago

March 26, 2022

एनआरटी जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा

सुनिल गाउँले, सिमरा विजय युथ क्लब हेटौडालाई पराजित गर्दै ए डिभिजन टोली न्युरोड टिम (एनआरटी) जगदम्बा १२औं जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा पुगेको छ । सिमरा रंगशालामा शनिबार भएको खेलमा एनआरटीले विजय युथलाई ३–१ ले हराएको थियो । एनआरटीको जितमा मेसुके ईहिनी अलोमोले दुई र स्टेफेन समिरले एक गोल गरे । विजय युथका लागि विमल राना मगरले […]

137 views

0 Bookmark

सुनिल गाउँले, सिमरा

विजय युथ क्लब हेटौडालाई पराजित गर्दै ए डिभिजन टोली न्युरोड टिम (एनआरटी) जगदम्बा १२औं जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा पुगेको छ । सिमरा रंगशालामा शनिबार भएको खेलमा एनआरटीले विजय युथलाई ३–१ ले हराएको थियो ।

एनआरटीको जितमा मेसुके ईहिनी अलोमोले दुई र स्टेफेन समिरले एक गोल गरे । विजय युथका लागि विमल राना मगरले गोल गरेका थिए ।
निर्धारित समय १–१ को बराबरीपछि थपिएको समयमा एनआरटीले जित निकालेको थियो । खेलमा लिएको सुरुवाती अग्रता जोगाउन नसक्दा हेटौडा प्रतियोगिताबाट बाहिरिन पुगेको छ ।

खेलको १८औं मिनेटमा अमिर श्रेष्ठको पासमा विमलले हेडमार्फत गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । अमिरको उत्कृष्ट पासको सदुपयोग गरेका विमलको प्रहारलाई एनआरटीका गोलरक्षक प्रदीप भण्डारीले ठम्याउन सकेनन् । प्रतिस्पर्धात्मक खेलको २१औं मिनेटमा एनआरटीका लागि मेसुकेले गोल फर्काएका थिए । विशाल तामाङको क्रसलाई मेसुकेले गोल गरेका थिए ।

झण्डै ४ हजार दर्शकको उपस्थिती रहेको रंगशालामा दुवै टोलीले टिमले उत्कृष्ट खेल पस्किए । खेलको २३ औं मिनेटमा हेटौडाका अमिरको फ्रिकिक प्रहार क्रसबारबाट बाहिरिन पुगेको थियो । ४३औं मिनेटमा विजय युथका लागि मार्टिनले गोल गरेपनि रेफ्रि नविन्द्र महर्जनले अफसाईड घोषित गरेका थिए ।

त्यसअघि खेलको २१औं मिनेटमा एनआरटीले गरेको गोल पनि अफ साइड लिइएको थियो । एनआरटीका लागि आन्द्र थेरीले गोल गरेपनि उक्त गोलले मान्यता पाएन । एनआरटीले खेलको ६०औं मिनेटमा गोल गर्ने राम्रो अवसर खेर फाल्यो । मेसुकेले पेनाल्टी बक्स बाहिरबाट प्रहार गरेको फ्रिकिक बललाई हेटौडाका गोलरक्षक अशोक बरालले बचाउ गरेपनि नियन्त्रणमा लिन नसक्दा एनआरटीका दीपेश घलेले अवसर प्राप्त गरे । तर दीपेश पनि गोल गर्न चुके । उनको प्रहार क्रसबारमा लागेर फर्कियो ।

खेलको ६६औं मिनेटमा हेटौँडाका गौरव श्रेष्ठले विशाललाई फाउल गरेपछि एनआरटीले पेनाल्टी बक्स बाहिर फ्रिकिक प्राप्त गरेको थियो । एनआरटीका रन्जन बिष्टले गरेको उक्त फ्रिकिक बललाई विजय युथका गोलकिपर अशोकले रोके । थप समयको पहिलो मिनेटमै एनआरटीले खेलमा अग्रता लियो । एनआरटीका मेसुकेको गोलबाट एनआरटीले अग्रता लिएको थियो ।

त्यो गोलपछि हेटौडा दबाबमा परेको थियो । थप समयको २५ औं मिनेटमा गोलअन्तर फराकिलो पा¥यो । वन भर्सेस वनको अवसर पाएका स्टेफेनले गोल गर्दै एनआरटीको जितलाई सहज बनाएका थिए । मेसुके खेलको म्यान अफ दी म्याच भए र उनले ५ हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगिता अन्तर्गत हिमालयन शेर्पा क्लब सशस्त्र प्रहरीको एपिएफ क्लबबीच हुनेछ । नव जनजागृति युवा क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेताले १० लाख र दोस्रो हुने टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

April 28, 2024

महिला लिग छनोटमा कर्णालीको तेस्रो जित

काठमाडौं (हाम्रो खेलकुद)– कर्णाली प्रदेशले महिला लिग छनोटमा तेस्रो जित हासिल गरेको छ । घरेलु मैदानमा कर्णालीले लुम्बिनी प्रदेशलाई ४–१ ले हराएको हो । सुर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलमा घरेलु टोलीलाई जित दिलाउन सुनकला राईले २, वर्षा ओली र सन्जिता बम्जोङले समान १ गोल गरे । लुम्बिनकी कप्तान ममता पुनले गोल फर्काइन् । १८ […]

April 28, 2024

आयोजक आदर्श च्यालेन्ज कपको सेमिफाइनलमा

हिमाल खरेल, झापाझापाको बुद्वशान्तिमा सुरु भएको तेस्रो आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा विजयी हुँदै आयोजक आदर्श युवा क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । ध्रुवतारा स्पोर्टिङ क्लबलाई २-१ले हराउँदै आयोजक अन्तिम चारमा पुगेको हो । आयोजकका लागि खेलको १७ औं मिनेटमा कप्तान पुजन थापाले पहिलो गोल गरे । रोमन भुजेलले दिएको क्रसमा पेनाल्टी बक्समा […]

April 28, 2024

अल नासरको जित

एजेन्सी – साउदी प्रो लिग अन्तर्गत गएराती सम्पन्न खेलमा अल नासर विजयी भएको छ । अल नासरले अल खालिज माथि १-० को जित निकालेको हो । अल नासरको जितमा डिफेन्डर आईमेरीक लापोर्टले खेलको एकमात्र गोल गरे । ६८औं मिनेटमा मार्सेलो ब्रोजोभिचको क्रसमा उनले हेडर मार्फत गोल गर्दै खेलमा आफ्नो टोलीलाई जित दिलाए । जित पछि […]

Success

Thank you for your time.