9 years ago
December 5, 2016
हाम्रो खेलकुद (एजेन्सी) – वैकल्पिक खेलाडी मराउन फेलाएनिले मैदान प्रवेश गरेको एक मिनेट नबित्दै गरेको गल्तिका कारण एभर्टन र म्यानचेस्टर युनाइटेडको खेल १-१को बराबरीमा टुङ्गियो।

ज्लाटन इब्रहिमोभिचको उत्कृष्ट गोलले अग्रता लिएको म्यानचेष्टर जिततर्फ अग्रसर देखिएको थियो। तर खेलको अन्तिम समयमा फेलाएनिले डि-बक्सभित्र फाउल गरेपछि एभर्टनले पेनाल्टि पाएको थियो। लेटन बेन्सले कुनै गल्ती नगरी एभर्टनलाई बराबरीमा ल्याएका थिए।
एभर्टनकै पुर्व खेलाडी रहेका फेलाएनिको सामाजिक संजालमा निकै आलोचना भइरहेको छ। डेविड मोएसले युनाइटेड आउँदा संगै ल्याएका उनले एक सयभन्दा बढि खेल खेलेपनि समर्थकको मन जित्न भने सकेका छैनन्।
युनाइटेड २१अंक बोकेर लिग तालिकाको छैटौं स्थानमा रहेको छ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]