4 years ago
March 28, 2022
काठमाडौं (हाम्रो खेलकुद) – खुमटार युथ क्लब र बाँसबारी क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा सफलता हात पार्दा श्री भगवती क्लब टोखा बराबरीमा रोकिएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा सोमबार भएको खेलमा खुमलटारले वीरगन्ज युनाइटेडमाथि २–१ को जित निकालेको हो ।खुमलटारको जितमा कप्तान सविन केसी र रमेश थापाले गोल गरे । वीरगन्जका आशा लाल कुँवरले एक गोल फर्काए ।
खेलको सातौं मिनेटमा कप्तान सविन केसीको गोलबाट खुमलटारले अग्रता लिएको थियो । १४औं मिनेटमा आशा लाल कुँवरले बराबरी गोल फर्काउ । त्यसपछि ७५औं मिनेटमा रमेश थापाले गोल गर्दै खुमलटारलाई २–१ को जित दिलाए ।
यो जितसँगै खुमलटार ९ खेलबाट १२ अंक जोडेर नवौं स्थानमा उक्लिएको छ । पराजित वीरगन्ज ९ खेलबाट १० अंक जोडेर १०औं स्थानमा झरेको छ ।

लिगकै अर्काे खेलमा बाँसबारी क्लबले नयाँवस्ती युथ क्लबलाई ३–१ ले पराजित गरेको छ । बाँसबारीको जितमा विकी राई, सुलेमान थापामगर र सन्जय धिमालले गोल गरे । नयाँवस्तीका सोम थापाले एक गोल फर्काए ।
खेलको चौथौ मिनेटमा विकी राईको गोलबाट बाँसबारीले सुरुवाती अग्रता लिन सफल भयो । २५औं मिनेटमा सुलेमानले गोल गर्दै बाँँसबारीको अग्रता दोब्बर पारे । ३२औं मिनेटमा नयाँवस्तीका सोम थापाले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए । त्यसपछि ८५औं मिनेटमा सन्जय धिमालले गोल गर्दै बाँसबारीको जित पक्का गरे ।
यो जितसँगै बाँसबारी ९ खेलबाट १३ अंक जोडेर पाँचौ स्थानमा उक्लिएको छ । समान १३ अंक नै भएपनि पराजित नयाँवस्ती गोलअन्तर र हेड टु हेडमा पछि पर्दै सातौं स्थानमा झरेको छ ।
लिगकै अर्काे खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा श्री भगवती क्लब टोखा टुसाल युथ क्लबसँग १–१ गोलको बराबरीमा रोकिएको छ । श्री भगवतीका अनुज भण्डारीले ४३औं मिनेटमा गोल गर्दा टुसालका विक्रम ओलीले इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा गोल गर्दै टोलीलाई हारबाट जोगाए ।
यो बराबरीसँगै श्री भगवतीले दोस्रो स्थानमा उक्लने मौका गुमाउँदा ९ खेलबाट १४ अंक जोडेर चौथो स्थानमा रहेको छ । टुसाल १२ अंक जोडेर आठौं स्थानमा रहेको छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]