default_image

2 years ago

March 30, 2022

एमबाप्पे चम्कदा फ्रान्सको सानदार जित

एजेन्सी – युवा स्टार केलियन एमबाप्पेको दुई गोलसँगै एक असिस्टमा फ्रान्सले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा सानदार जित हात पारेको छ । फ्रान्सले घरेलु मैदानमा १० खेलाडीमा समेटिएको दक्षिण अफ्रिकामाथि ५–० को फराकिलो जित दर्ता गरेको हो । फ्रान्समा मंगलबार राति भएको खेलमा ओलिभर जिरुड, विसाम विन यडर र माटियो गुइडोजीले समान एक गोल थपे । एकपक्षीय […]

106 views

0 Bookmark

एजेन्सी – युवा स्टार केलियन एमबाप्पेको दुई गोलसँगै एक असिस्टमा फ्रान्सले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा सानदार जित हात पारेको छ । फ्रान्सले घरेलु मैदानमा १० खेलाडीमा समेटिएको दक्षिण अफ्रिकामाथि ५–० को फराकिलो जित दर्ता गरेको हो ।

फ्रान्समा मंगलबार राति भएको खेलमा ओलिभर जिरुड, विसाम विन यडर र माटियो गुइडोजीले समान एक गोल थपे । एकपक्षीय खेलको २३औं मिनेटमा एमबाप्पेको गोलबाट फ्रान्सले गोलको खाता खोलेको थियो । उनले एन्टोइन ग्रिजमनको पासमा गोल गरेका थिए ।

३४औं मिनेटमा ग्रिजमनकै पासमा ओलिभर जिरुडले गोल गर्दै फ्रान्सको अग्रता दोब्बर पारे । ७६औं मिनेटमा एमबाप्पेले पेनाल्टीमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरेपछि फ्रान्सले खेलमा ३–० को बलियो पकड बनायो । ८२औं मिनेटमा विसाम विन यडरले पउल पोग्वाको पासमा गोल गर्दै फ्रान्सलाई फराकिलो जिततर्फ अग्रसर गराए ।

८४औं मिनेटमा पाहुना टोली दक्षिण अफ्रिका १० खेलाडीमा समेटिन पुग्यो । लुकास डिग्नेमाथि फउल गर्न पुगेपछि रेफ्रीले भिएआरको सहायता लिदै खुलिसो मुडोउलाई रातो कार्ड देखाउँदै मैदान बाहिर पठाए । त्यसपछि इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा एमबाप्पेको पासमा माटियो गुइडोजीले गोल गर्दै टोलीलाई फराकिलो जित दिलाए ।

May 3, 2024

नेपालको ब्रिटिश आर्मी विरुद्ध गोलरहित बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो खेलमा गोलरहित बराबरी खेलेको छ । एल्डरशट स्थित मिलिटरी स्टेडियममा भएको खेलमा नेपालले ब्रिटिश आर्मी टोली विरुद्ध गोलरहित बराबरी खेलेको हो । नेपाली टोली भिसा ढिलो आएका कारण अन्योलमा रहेको खेल अन्त्यमा तालिका अनुसार नै अघि बढेको थियो । खेल अवधिभर नेपाली टोली […]

May 3, 2024

समाज कल्याण र आरसी ३२को जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत शुक्रबार सम्पन्न खेलहरुमा समाज कल्याण खेलकुद केन्द्र र स्पोर्ट्स एकेडेमी साँगा विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा समाज कल्याणले साँगा माथि ५-० को फराकिलो जित दर्ता गरेको हो । समाज कल्याणको जितमा सुजन चौधरीले ह्याट्रिक पूरा गरे। यस्तै रोजल दाहालले […]

May 3, 2024

इङ्ल्यान्डमा नेपालको पहिलो खेल आज*

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । ब्रिटिश आर्मीको टोली विरुद्ध आज नेपाली टोलीले खेल्नेछ । भिसा प्रक्रियामा निकै ढिलो हुँदा एन्फाले टोलीका सदस्यलाई फरक-फरक समयमा विभिन्न विमानमा पठाउनु परेको थियो । टोली फरक-फरक समयमा इङ्ल्यान्ड पुगेको थियो भने केही खेलाडीहरू हिजो मात्र पुगेका थिए […]

Success

Thank you for your time.