default_image

2 years ago

March 30, 2022

इजिप्टलाई हराउँदै सेनेगल विश्वकपमा छनोट

77 views

0 Bookmark

एजेन्सी – टाइब्रेकरमा इजिप्टलाई हराउँदै सेनेगल कतारमा हुने फिफा विश्वकप २०२२ का लागि छनोट भएको छ । सेनेगलले इजिप्टलाई टाइब्रेकरमा ३–१ ले पराजित गर्दै अफ्रिका महादेशबाट विश्वकपमा स्थान पक्का गरेको हो ।

मंगलबार राति भएको छनोटको फाइनल चरणको प्ले अफको पहिलो लेगमा १–० ले पराजित भएको सेनेगलले दोस्रो लेगमा १–० को जित निकाल्दै छनोट हुने सम्भावना जीवित राखेको थियो ।

दोस्रो लेगमा अफ्रिकाको च्याम्पियन सेनेगलको जितमा बोउलाय डियाले खेलको तेस्रो मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । त्यसपछि खेल अतिरिक्त समय हुदै पेनाल्टीमा लम्विएको थियो । रोमाञ्चक बनेको पेनाल्टीमा दुवै टोलीले सुरुवाती दुई प्रहारमा गोल गर्न सकेनन् ।

टाइब्रेकरमा इजिप्टका मोहमद सलाह, जिजो र मुस्तफा मोहमद चुक्दा विश्वकपमा स्थान बनाउनबाट असफल भएको हो । अमर अल सुलायले मात्रै गोल गर्न सफल भए । सेनेगलका इस्माइला सार, एहमाडोउ बाम्वा डिइङ र साडियो मानेले गोल गरे । कलिडोउ कोउलीवेली र सलिउ सिसले गोल गर्न सकेनन् ।

इजिप्ट र सेनेगलले यसै वर्ष अफ्रिका कप अफ नेसन्सको फाइनल खेल खेलेका थिए । जसमा सेनेगलले इजिप्टलाई टाइब्रेकरमा ४–२ ले पराजित गर्दै च्याम्पियन बनेको थियो ।

फिफा विश्वकप कतारका लागि अफ्रिका महादेशबाट सेनेगलसँगै घाना, क्यामरुन, मोरोक्को र ट्युनिसिया छनोट भएका छन् । घानाले नाइजेरियालाई अवे गोलमा पछि पार्दै विश्वकपमा स्थान बनाउन सफल भयो । यि दुई टोलीले पहिलो लेगमा गोलरहित बराबरी खेल्दा दोस्रो लेगमा १–१ गोलको बराबरी खेलेका थिए ।

क्यामरुनले अल्जेरियालाई अवे गोलमै पछि पार्दै विश्वकपमा स्थान बनाउन सफल भयो । पहिलो लेगमा अल्जेरियाले १–० का जित निकालेपनि दोस्रो लेगमा क्यामरुनले अतिरिक्त समयमा २–१ को जित तथा समग्रमा २–२ गोलबो बराबरी भएपनि अवे गोलमा अघि बढ्यो ।

मोरोक्कोले डिआर कंगोलाई समग्रमा ५–२ ले तथा ट्युनिसियाले मालीलाई समग्रमा १–० ले हराएर विश्वकपमा स्थान पक्का गरेको छ । यसपटक अफ्रिकाबाट बुर्किना फासो, आइभोरी कोस्ट, गावोन, दक्षिण अफ्रिका, नाइजेरिया र अल्जेरियाजस्ता बलियो टोली विश्वकपमा देखिने छैन ।

May 15, 2024

चन्द्रगढी सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोडचन्द्रगढी भेट्रान्स एफसी बिर्तामोडमा जारी स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको खेलमा झापाको झिलझिले भेट्रान्स एफसीलाई ४–२ गोल अन्तरले पराजित गर्दै चन्द्रगढी अन्तिम चारमा प्रवेश गरेको हो । खेलको आठौँ मिनेटमा झिलझिलेका कुमार जोशीले गोल गर्दै टिमलाई अग्रता दिलाए पनि चन्द्रगढीले गोल […]

May 15, 2024

एकता स्पोर्टिङ क्लबले मनायो एएफसी ग्रासरुट दिवस

हिमाल खरेल, बिर्तामोडझापाको बिर्तामोडमा रहेको एकता स्पोर्टिङ क्लबले किशोर खेलाडीहरुबीच ११ औं एएफसी ग्रासरुट दिवस मनाएको छ । क्लबले आदर्श मैदान एकेडेमी अफ स्पोर्टसको सहकार्यमा बिर्तामोड २ बेलडाँगीमा रहेको फुटबल टे«निङ सेन्टरमा ग्रासरुट दिवस मनाएको हो ।फुटबलको विकास ग्रासरुटबाट हुन आवश्यक छ भन्ने अवधारणाका साथ क्लबले दिवस मनाएको अध्यक्ष किरण पौडेलले जानकारी दिए । क्लबले […]

May 15, 2024

रियल म्याड्रिडको सानदार जित

एजेन्सी – लिग उपाधि जितिसकेको रियल म्याड्रिडले लालिगा अन्तर्गत गएराती सम्पन्न खेलमा देपोर्तिभो अलाभेस माथि सानदार जित दर्ता गरेको छ । रियलले अलाभेस माथि ५-० को फराकिलो जित निकालेको हो । खेलको १०औं मिनेटमा जुड बेलिङ्घमले रियाललाई अग्रता दिलाएका थिए । बक्स भित्रबाट उनले खेलेको क्रस गोलमा परिणत भएको थियो । २७औं मिनेटमा भिनिसियस जुनियरले […]

Success

Thank you for your time.