4 years ago
March 30, 2022
काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ‘बी’ डिभिजन लिगको शीर्षस्थानमा रहेको चर्च ब्वाइज युनाइटेडले रानी पोखरी कर्नर टिम (आरसिटी) लाई पराजित गरेको छ । चर्च ब्वाइजले आरसिटीलाई २–० ले पराजित गरेको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा बुधबार भएको खेलमा चर्च ब्वाइजको जितमा कुवेर न्यौपाने र आशिष चापागाईले गोल गरे । दुवै गोल दोस्रो हाफमा भएको थियो । प्रतिस्पर्धात्मक खेलको ५२औं मिनेटमा कुवेर न्यौपानेको गोलबाट चर्च ब्वाइजले सुरुवाती अग्रता बनाएको थियो । ७५औं मिनेटमा आशिष चापागाईले गोल गर्दै चर्च ब्वाइजको जित पक्का गरे ।
यो जितसँगै चर्च ब्वाइजले शीर्षस्थानमा ४ अंकको स्पष्ट अग्रता बनाएको छ । चर्च ब्वाइजको १० खेलबाट २० अंक पुगेको छ । दोस्रो स्थानको बाँसबारीको १६ अंक छ । पराजित आरसिटीले शीर्षस्थानमा उक्लने मौका गुमाउँदा १० खेलबाट १५ अंक जोडेर तेस्रो स्थानमा झरेको छ ।
लिगकै अर्काे खेलमा मध्यपुर युथ एसोसिएसनले वीरगन्ज युनाइटेडलाई १–० ले पराजित गरेको छ । मध्यपुरको जितमा ८५औं मिनेटमा आशिक गुरुङले गरेको गोल नै निर्णायक बन्यो । यो जितसँगै मध्यपुर १० खेलबाट १३ अंक जोडेर आठौं स्थानमा रहेको छ । पराजित वीरगन्ज १० खेलबाट १० अंक जोडेर ११औं स्थानमा रहेको छ ।
लिगकै अर्काे खेलमा सामाजिक युवा क्लबलाई १–० ले पराजित गर्दै बाँसबारी क्लबले दोस्रो स्थानमा उक्लिएको छ । बाँसबारीको जितमा खेलको अन्त्यतिर सौरभ कार्कीले निर्णायक गोल गरे । उनले ८८औ मिनेटमा गोल गर्दै बाँसबारीलाई महत्वपुर्ण ३ अंक दिलाए ।
यो जितसँगै बाँसबारी १० खेलबाट १६ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । पराजित सामाजिक १० खेलबाट १० अंक जोडेर १२औं स्थानमा रहेको छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]