default_image

3 years ago

March 30, 2022

प्रतिभा मिल्स गोल्डकपको फाइनलमा

79 views

0 Bookmark

विराटनगर (हाम्रो खेलकुद) – गोलबजारको प्रतिभा फुटबल क्लब सिरहा दोस्रो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगरस्थित जुट मिलको खेलमैदानमा बुधबार भएको खेलमा दमक एकेडेमी झापालाई ६ –१ गोलको फराकिलो अन्तरले हराउँदै गोलबजार फाइनलमा पुगेको हो ।

जितको लागि गोलबजारका कुलदेव काकी, अलमान, संजिव कार्कीले गोल गरे । गोलबजारका विदेशी खेलाडी अलमानले एक्लै तीन गोल गरेका थिए । जितसँगै गोलबजारले शुक्रबार हुने फाइनल खेलमा साइनो स्पोर्टस क्लब रानी विराटनगरसँगै प्रतिस्पर्धा गर्नेछ । पहिलो हाफदेखि दबाफमा राखेकोे गोलबजारले खेल सुरु भएको तीन मिनेटमै गोल गरि अग्रता लिएको थियो ।

खेल सुरु भएको तीन मिनेटमा गोलबजारले फल पाएपछि कुलदेव कार्कीले प्रहार गरेको फ्रिकिक गोलमा परिणत भयो । गोलबजारले पहिलो गोल गरेको चार मिनेट बित्न नपाउँदै ७ औं मिनेटमा बिनु आलेले निकालिएको बल बिदेशी खेलाडी अलमानले हेड गरेको बलले जाली चुम्यो ।
पहिलो हाफमा दुई गोल भएपछि दबावमा परेको झापाले खेलको १३ औं मिनेटमा राजन धिमलले गोल फर्काए ।

पहिलो हाफको थप गरिएको अतिरिक्त समयको अन्तिम मिनेटमा आत्मघाति गोल भएपछि गोलबजारले ३–१ गोलले अग्रता लियो । गोलबजारका सन्जित कार्कीले दायाँ कर्नरबाट गरेको प्रहार झापाका डिफेन्डर ओमप्रकास तामाङले बल रोक्न खोज्दा गोलमा परिणत भयो ।दोस्रो हाफदेखि एकपक्षिय खेल पस्किएको गोलबजारले खेलको ५० औं मिनेटमा सुजित कार्कीले कर्नरबाट निकालिएको पास बिदेशी खेलाडी अलमानले गोल गरेका थिए ।

खेलको ७३ औं मिनेटमा नरेश राईले कर्नर साइटबाट निकालिदिएको क्रस पासलाई संजिव कार्की गोल गरेका थिए । खेलको ७८ औं मिनेटमा गोलबजारका अलमानले गोल गरि टिमको जित सुनिचित गरेका थिए । खेलको ७० औं मिनेटमा गोलबजारका संजिक कार्की कडा प्रहार बाहिरयो ।
७७ औं मिनेटमा झापाका राजन धिमालले प्रहार पोसमाथिबाट बाहिरायो । खेलको म्यान अफ द म्याच गोलबजारका तीन गोल गर्ने बिदेशी खेलाडी अलमान घोषित भए । उनले नगद पाँच हजार रुपैयाँ प्राप्त गरे ।

December 14, 2024

झापा कपमा आर्मीको विजयी सुरुवात

हिमाल खरेल,बिर्तामोड झापाको बिर्तामोडमा शनिवार सुरु भएको प्रथम झापा कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले विजयी सुरुवात गरेको छ । आर्मीले मोरङको एलएक्स सिटी एफसीलाई ३-० गोल अन्तरले पराजित गर्दै क्वार्टर फाइनलमा स्थान सुरक्षित गरेको हो । आर्मीका लागि राष्ट्रिय टिमका स्ट्राइकरसमेत रहेका नियमित खेलाडी जिलेस्पीजंग कार्की, दिशान्त राई, निरज चौधरीले गोल […]

December 14, 2024

झापा कपको उद्घाटन खेल-आर्मी र एलएक्स सिटी खेल्ने

हिमाल खरेल,बिर्तामोड झापा कपको उद्घाटन खेल आज त्रिभुवन आर्मी फुटबल क्लब र मोरङको एलएक्स सिटी फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । झापा ११ फुटबल क्लबको आयोजनामा हुन लागेको प्रतियोगितामा सिराहाको सलहेस युवा क्लब, एनआरटी फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, इटहरीको राष्ट्रिय जागृति क्लब सहभागी छनम । त्यस्तै, दार्जिलिङको जिटिए, काठमाडौं जिल्ला लिग च्याम्पियन चित्लाङ फुटबल क्लब, […]

December 12, 2024

एनएसएलको तेस्रो संस्करण चैतमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण यसै वर्षको‌ अन्त्यमा आयोजना हुनेभएको छ। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले आयोजना एनएसएल चैत १६ गते सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ। आज एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले एनएसएलका प्रबन्ध निर्देशक श्रेयांस कार्कीलाई एनएसएल‌ आयोजनाको अनुमतिपत्र […]

Success

Thank you for your time.