default_image

9 years ago

December 5, 2016

फादर मोरान फुटबलमा डल्फिन र डनबस्कोको जित

114 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – २१ औं फादर मोरान स्मृती आमन्त्रण फुटबल प्रतियोगितामा सोमबार डल्फिन इङ्लिस स्कुल र नेपाल डनबस्को स्कुल विजयी भएका छन् । पासाङ तामाङको गोलमा डल्फिनले आयोजक सेन्ट जेभियर गोदावरीको पहेलो टोलीलाई १–० ले हरायो ।

fr-moran

सोमबार भएको दोस्रो खेलमा नेपाल डनबस्को लुभुले नेपाल एपिएफ स्कुल किर्तिपूरलाई ३–२ ले हरायो । डनबस्कोका लागि मिचेल तामाङले २ र अर्को गोल आर्यन बरालले गरे । एपिएफका लागि सुलभ सेन र सरोदया हमालले गोल गरे । २ गोल गरेका मिचेल प्लेयर अफ दि म्याच भए । अर्को खेलमा विद्या संस्कार उच्च मा.वि. र पुष्पाञ्जली माविले गोलरहित बराबरी खेले । सो खेलमा पुष्पाञ्जलीका प्रसिद्ध रेग्मी प्लेयर अफ दि म्याच भए । ‘कम टुगेदर एन्ड प्ले टुगेदर’ भन्ने नाराका साथ सञ्चालित प्रतियोगितालाई नेपाल टेलिकमले प्रायोजन गरेको छ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.