default_image

2 years ago

March 31, 2022

ब्राजिल फिफा वरीयताको शीर्षस्थानमा, नेपाल खस्कियो

काठमाडौं (हाम्रो खेलकुद) – विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल एक स्थान तल झरेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालको वरीयता खस्किएको हो । नयाँ वरीयतामा नेपाल १ सय ६८औं स्थानमा रहेको छ । अघिल्लो वरीयतामा नेपाल १ सय ६७ औं स्थानमा रहेको थियो । नेपाल दक्षिण […]

91 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल एक स्थान तल झरेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालको वरीयता खस्किएको हो ।

नयाँ वरीयतामा नेपाल १ सय ६८औं स्थानमा रहेको छ । अघिल्लो वरीयतामा नेपाल १ सय ६७ औं स्थानमा रहेको थियो । नेपाल दक्षिण एसियाली राष्ट्रको वरीयताको तेस्रो स्थानमा रहेको छ । नेपालभन्दा अघि भारत र माल्दिभ्स रहेका छन् । भारत दुई स्थान तल झर्दै १ सय ६औं स्थानमा तथा माल्दिभ्स एक स्थान सुधार गर्दै १ सय ५६औं स्थानमा रहेको छ ।

नेपालभन्दा मुनि भुटान, बंगलादेश, श्रीलंका र पाकिस्तान रहेका छन् । दुई स्थान तल झरेको भुटान १८७औं, दुई स्थान तल झरेको बंगलादेश १८८औं, यथावत रहेको पाकिस्तान १९७औं र श्रीलंका एक स्थान तल झर्दै २०५औं स्थानमा पुगेको छ ।

नयाँ वरीयता अनुसार बेल्जियमलाई पछि पार्दै ब्राजिल शीर्षस्थानमा उक्लिएको रहेको छ । बेल्जियम सन् २०१८ को अक्टोवरदेखि लगातार शीर्षस्थानमा रहेको थियो । झन्डै चार वर्षपछि बेल्जियमले शीर्षता गुमाएको हो ।

बेल्जियम दोस्रो स्थानमा झर्दा शीर्ष ८ मा कुनै परिवर्तन भएको छैन । फ्रान्स, अर्जेन्टिना, इंग्ल्यान्ड, इटाली, स्पेन र पोर्चुगल तेस्रो देखि आठौं स्थनमा यथावत रहेको छ । चार स्थान सुधार गर्दै मेक्सिको नवौं स्थानमा उक्लिएको छ । नेदरल्यान्ड्स १०औं स्थानमा रहँदा डेनमार्क र जर्मनीको वरीयता खस्किदा ११औं र १२औं स्थानमा रहेको छ । एसियामा इरान, जापान र दक्षिण कोरिया शीर्ष तीनमा रहेका छन् ।

April 28, 2024

म्यानचेस्टर सिटी विजयी

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लगातार चौथो पटक उपाधि जित्ने लक्ष्यमा रहेको म्यानचेस्टर सिटीले आइतबार जित दर्ता गरेको छ । सिटी ग्राउण्डमा भएको खेलमा म्यानचेस्टर सिटीले नटिङ्घम फरेस्टलाई २–० ले पराजित गर्दै उपाधिको आशा कायमै राखेको हो । सिटीको जितमा डिफेन्डर जोस्को ग्भार्डियोल र दोस्रो हाफमा मैदान प्रवेश गरेका स्ट्राइकर एर्लिङ हालान्डले एक-एक गोल गरे […]

April 28, 2024

आशिषको ह्याट्रिकमा बिर्तामोड सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको बुद्धशान्तिमा जारी तेस्रो आदर्श च्यालेन्ज कपमा पाहुना टोली नर्थ बंगाल एफसी भारतलाई ३–१ ले हराउँदै बिर्तामोड युनाइटेड एफसी सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको जितमा आशिष चापागाईंले ह्याट्रिक पूरा गरे । पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै बिर्तामोडले अग्रता लिएको थियो । मध्यभागबाट बिर्तामोडका डिफेन्डर देवेन्द्र तामाङले गरेको फ्रिकिकलाई हेडमार्फत अभिषेक […]

April 28, 2024

महावीर क्लब विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिगमा आईतवार महावीर क्लब विजयी भएको छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खेलमा महावीर क्लबले स्पोर्ट्स एकेडेमी साँगा माथि १-० को जित दर्ता गरेको हो । महावीरका लागि सन्दिप श्रेष्ठले ६७औं मिनेटमा पेनाल्टी मार्फत गरेको गोल नै निर्णायक बन्यो । जित सँगै महावीर क्लब […]

Success

Thank you for your time.