default_image

2 years ago

April 2, 2022

चर्च ब्वाइज र आरसिटीको महत्वपूर्ण जित

काठमाडौं (हाम्रो खेलकुद) – शीर्षस्थानमा रहेको चर्च ब्वाइज युनाइटेड र रानी पोखरी कर्नर टिम (आरसिटी) ले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा महत्वपूर्ण जित निकालेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा शनिबार भएको खेलमा चर्च ब्वाइजले झम्सिखेल युथ क्लबमाथि १–० को झिनो महत्वपूर्ण जित निकालेको हो । चर्च ब्वाइजको जितमा पहिलो हाफमा आशिष चापागाईले गरेको […]

83 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – शीर्षस्थानमा रहेको चर्च ब्वाइज युनाइटेड र रानी पोखरी कर्नर टिम (आरसिटी) ले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा महत्वपूर्ण जित निकालेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा शनिबार भएको खेलमा चर्च ब्वाइजले झम्सिखेल युथ क्लबमाथि १–० को झिनो महत्वपूर्ण जित निकालेको हो । चर्च ब्वाइजको जितमा पहिलो हाफमा आशिष चापागाईले गरेको गोल नै निर्णायक बन्यो । उनले खेलको २३औं गोल गरेका थिए ।

यो जितसँगै शीर्ष स्थानमा रहेको चर्च ब्वाइजले शीर्ष डिभिजनमा पुग्ने सम्भावना बलियो बनाएको छ । चर्च ब्वाइजको ११ खेलबाट २३ अंक पुगेको छ । लिग चरणको दुई खेल बाँकी रहँदा चर्च ब्वाइजले दोस्रो स्थानको टोलीलाई ५ अंकले पछि पारेको छ ।

अब चर्च ब्वाइजलाई शीर्ष डिभिजनमा उक्लन दुई मध्ये एक खेलमा जित हात पारे पर्याप्त बन्नेछ । चर्च ब्वाइजसँग हार बेहोरेको झम्सिखेल ११ खेलबाट ९ अंक जोडेर १३औं स्थानमा रहँदा रेलिगेसनको दवाव बढेको छ ।

लिगकै अर्काे खेलमा आरसिटीले बाँसबारी क्लबमाथि २–१ को महत्वपूर्ण जित निकालेको छ । आरसिटीको जितमा विश्वास थापमगर र कप्तान अमर डंगोलले गोल गरे । बाँसबारीका टंक प्रसाद गुरुङले एक गोल फर्काए ।

खेलको पाँचौ मिनेटमा विश्वास थापमगरको गोलबाट आरसिटीले अग्रता लिएको थियो । सातौं मिनेटमा टंकले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । ७५औं मिनेटमा कप्तान अमर डंगोलले गोल गर्दै आरसिटीको जित पक्का गरे ।

यो जितसँगै आरसिटीले शीर्ष डिभिजनमा उक्लने सम्भावना बलियो बनाएको छ । जितसँगै दोस्रो स्थानमा उक्लिएको आरसिटीले ११ खेलबाट १८ अंक जोड्दा बाँसबारीले दोस्रो स्थानमा उक्लने मौका गुमाएको छ । बासँबारी १६ अंक जोडेर चौथो स्थानमा रहेको छ ।

लिगकै अर्काे खेलमा वीरगन्ज युनाइटेडले श्री कुमारी क्लबलाई ३–१ ले पराजित गरेको छ । वीरगन्जको जितमा कृपाकान्त महतो थारुले दुई तथा सन्देश चौधरीले एक गोल गरे । श्री कुमारीका अरुज सिंहले एक गोल फर्काए ।

यो जितसँगै वीरगन्ज ११ खेलबाट १३ अंक जोडेर नवौं स्थानमा रहेको छ । श्री कुमारी १० खेलबाट १४ अंक जोडेर सातौं स्थानमा रहेको छ ।

April 28, 2024

म्यानचेस्टर सिटी विजयी

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लगातार चौथो पटक उपाधि जित्ने लक्ष्यमा रहेको म्यानचेस्टर सिटीले आइतबार जित दर्ता गरेको छ । सिटी ग्राउण्डमा भएको खेलमा म्यानचेस्टर सिटीले नटिङ्घम फरेस्टलाई २–० ले पराजित गर्दै उपाधिको आशा कायमै राखेको हो । सिटीको जितमा डिफेन्डर जोस्को ग्भार्डियोल र दोस्रो हाफमा मैदान प्रवेश गरेका स्ट्राइकर एर्लिङ हालान्डले एक-एक गोल गरे […]

April 28, 2024

आशिषको ह्याट्रिकमा बिर्तामोड सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको बुद्धशान्तिमा जारी तेस्रो आदर्श च्यालेन्ज कपमा पाहुना टोली नर्थ बंगाल एफसी भारतलाई ३–१ ले हराउँदै बिर्तामोड युनाइटेड एफसी सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको जितमा आशिष चापागाईंले ह्याट्रिक पूरा गरे । पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै बिर्तामोडले अग्रता लिएको थियो । मध्यभागबाट बिर्तामोडका डिफेन्डर देवेन्द्र तामाङले गरेको फ्रिकिकलाई हेडमार्फत अभिषेक […]

April 28, 2024

महावीर क्लब विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिगमा आईतवार महावीर क्लब विजयी भएको छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खेलमा महावीर क्लबले स्पोर्ट्स एकेडेमी साँगा माथि १-० को जित दर्ता गरेको हो । महावीरका लागि सन्दिप श्रेष्ठले ६७औं मिनेटमा पेनाल्टी मार्फत गरेको गोल नै निर्णायक बन्यो । जित सँगै महावीर क्लब […]

Success

Thank you for your time.