3 years ago
April 2, 2022
चितवन (हाम्रो खेलकुद) – फरवार्ड सावित्रा भण्डारी ‘साम्वा’ र रश्मी कुमारी घिसिङको ह्याट्रिक सहयोगमा विभागीय टोलीद्धय नेपाल एपिएफ फुटबल क्लब र त्रिभुवन आर्मी फुटबल क्लबले राष्ट्रिय महिला लिगमा फराकिलो जित निकालेको छ ।
चितवनको भरतपुरमा शनिबार भएको खेलका एपिएफले चन्द्रपुर नगरपालिका रौतहतमाथि ८–१ को फराकिलो जित निकालेको हो । एपिएफको जितमा सावित्राले ह्याट्रिक पुरम गर्दा मन्जली कुमारी योन्जनले दुई तथा अनिता केसी, अनिता बस्नेत र अनु लामाले समान एक गोल गरिन् । चन्द्रपुरकी सुमित्रा सिंह पाख्रिनले एक गोल फर्काए ।
सावित्राले खेलको २३औं, ५०औं र ९०औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरिन् । जारी महिला लिगमा उनको यो दोस्रो ह्याट्रिक हो । यसअघि उनले वालिङविरुद्ध ह्याट्रिकसहित चार गोल गरेकी थिइन् ।
चौथो मिनेटमा अनिता केसीको गोलबाट एपिएफले अग्रता लिएको थियो । १५ र ३१औं मिनेटमा मन्जलीले गोल गरिन् । अनिता बस्नेताले १६औं मिनेटमा तथा अनु लामाले ७१औं मिनेटमा गोल गरिन् । चन्द्रपुरकी सुमित्राले ८६औं मिनेटमा एक गोल फर्काइन् ।
यो जितसँगै अपराजित रहेको एपिएफ चार खेलबाट १२ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । धनगढी उपमहानगरपालिकाले आर्मीसँग हार बेहोरेपछि एपिएफ शीर्षस्थानमा उक्लन सफल भयो । पराजित चन्द्रपुर १ अंक जोडेर सातौं स्थानमा रहेको छ ।
यस्तै आर्मीले धनगढीलाई लिगको पहिलो हार चखाउने क्रममा ६–० को फराकिलो जित निकालेको छ । आर्मीको जितमा रश्मी कुमारी घिसिङले ह्याट्रिक पुरा गर्दा विमला चौधरी, अमिसा कार्की र कुसुम खतिवडाले समान एक गोल थपिन् ।
जितसँगै आर्मी ४ खेलबाट ६ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ । पराजित धनगडी ४ खेलबाटै ९ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
December 14, 2024
हिमाल खरेल,बिर्तामोड झापाको बिर्तामोडमा शनिवार सुरु भएको प्रथम झापा कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले विजयी सुरुवात गरेको छ । आर्मीले मोरङको एलएक्स सिटी एफसीलाई ३-० गोल अन्तरले पराजित गर्दै क्वार्टर फाइनलमा स्थान सुरक्षित गरेको हो । आर्मीका लागि राष्ट्रिय टिमका स्ट्राइकरसमेत रहेका नियमित खेलाडी जिलेस्पीजंग कार्की, दिशान्त राई, निरज चौधरीले गोल […]
December 14, 2024
हिमाल खरेल,बिर्तामोड झापा कपको उद्घाटन खेल आज त्रिभुवन आर्मी फुटबल क्लब र मोरङको एलएक्स सिटी फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । झापा ११ फुटबल क्लबको आयोजनामा हुन लागेको प्रतियोगितामा सिराहाको सलहेस युवा क्लब, एनआरटी फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, इटहरीको राष्ट्रिय जागृति क्लब सहभागी छनम । त्यस्तै, दार्जिलिङको जिटिए, काठमाडौं जिल्ला लिग च्याम्पियन चित्लाङ फुटबल क्लब, […]
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण यसै वर्षको अन्त्यमा आयोजना हुनेभएको छ। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले आयोजना एनएसएल चैत १६ गते सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ। आज एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले एनएसएलका प्रबन्ध निर्देशक श्रेयांस कार्कीलाई एनएसएल आयोजनाको अनुमतिपत्र […]