default_image

4 years ago

April 3, 2022

खुमलटार र सरस्वती बराबरीमा रोकियो

224 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – शीर्ष डिभिजनमा उक्लने लक्ष्यमा रहेकोे खुमलटार युथ क्लब र सरस्वती युथ क्लब बराबरीमा रोकिएको छ । सुरुवाती अग्रता लिनका बावजुत खुमलटार ब्वाइज युनियन क्लबसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आइतबार भएको खेलमा खुमलटारका लागि विक्रान्त नरसिंह राणाले गोल गर्दा ब्वाइज युनियनका मिलन लिम्बुले बराबरी गोल फर्काए ।

प्रतिस्पर्धात्मक खेलको ५७औं मिनेटमा विक्रान्तको गोलबाट खुमलटारले सुरुवाती अग्रता लिएको थियो । ७९औं मिनेटमा मिलन लिम्बुले गोल गर्दै ब्वाइज युनियनलाई हारबाट जोगाए ।

यो बराबरीसँगै तेस्रो स्थानमा उक्लने मौका गुमाएको खुमलटार ११ खेलबाट १६ अंक जोडेर चौथो स्थानमा यथावत रहेको छ । बाँसबारीसँग समान १६ अंक रहेपनि खुमलटार गोलअन्तरमा अघि छ । ब्वाइज युनियन ११ खेलबाट १० अंक जोडेर पुछारबाट एक स्थान सुधार गरेको छ ।

लिगकै अर्काे खेलमा सरस्वती युथ क्लब सामाजिक युथ क्लबसँगको हारबाट जोगिएको छ । सरस्वतीले एक गोलले पछि परेको स्थितिमा सामाजिकसँग १–१ गोलको बराबरी खेलेको हो ।

खेलको नवौं मिनेटमा सुरेश खत्रीको गोलबाट सामाजिकले सुरुवाती अग्रता लिएको थियो । तर, त्यो अग्रतालाई सामाजिकले दोस्रो हाफमा जोगाउन सकेन । ५८औं मिनेटमा केनिस दाहालले गोल गर्दै सरस्वतीलाई हारबाट जोगाए ।

यो बराबरीसँगै सरस्वती ११ खेलबाट १७ अंक जोडेर तेस्रो स्थानमा यथावत रहेको छ । सामाजिक ११ खेलबाट ११ अंक जोडेर १२औं स्थानमा रहेको छ ।

लिगकै अर्काे खेलमा मध्यपुर युथ एसोसिएसन र श्री भगवती क्लब टोखाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । यो बराबरीले श्री भगवती ११ खेलबाट १५ अंक जोडेर छैटौं स्थानमा उक्लिएको छ । मध्यपुर १४ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

December 17, 2025

बार्सिलोना कोपा डेल रे को अन्तिम १६ मा

एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्‍यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]

Success

Thank you for your time.