default_image

3 years ago

April 4, 2022

रोलिङ इटहरी गोल्डकपको सेमिफाइनलमा

132 views

0 Bookmark

इटहरी (हाम्रो खेलकुद)– झापाको रोलिङ क्लब १२ औ अन्तराष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । इभिनिर फुटबल क्लब क्यामरुनलाई सोमबार २–१ ले हराउँदै रोलिङ अन्तिम चारमा पुगेको हो ।

अजयी मार्टिन्सको निर्णयक गोलमा रोलिङले विजय प्राप्त गरेको थियो । मार्टिन्सले इन्जुरी समयको दोस्रो मिनेटमा गरेको गोल नै खेलको निर्णय बनेको थियो ।खेलमा अग्रता भने इभिनिरले लिएको थियो । केन्नीको गोलबाट इभिनिरले २७ औं मिनेटमा खेलमा अघि लागेको थियो । तर त्यसको एक मिनेट बित्न नपाउँदै फोडे फोफोनाले रोलिङका लागि बराबरी गोल गरे । मार्टिन्सले अन्तिम समयमा गोल गर्दै टोलीलाई जित दिलाए ।

रोलिङका पिटर सेगुन खेलको म्यान अफ दी म्याच घोषित भए र उनले १० हजार रुपैयाँ प्राप्त गरे । इटहरी उप महा नगर पालिका वडा नं ४ अध्यक्ष चन्द्र राज भट्टराइले सेगुनलाई पुरस्कृत गरे । प्रतियोगितामा मंगलबार न्यूरोड टिम (एनआरटी र मोरङको सगरमाथा युथ क्लबबीच हुनेछ ।

December 14, 2024

झापा कपमा आर्मीको विजयी सुरुवात

हिमाल खरेल,बिर्तामोड झापाको बिर्तामोडमा शनिवार सुरु भएको प्रथम झापा कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले विजयी सुरुवात गरेको छ । आर्मीले मोरङको एलएक्स सिटी एफसीलाई ३-० गोल अन्तरले पराजित गर्दै क्वार्टर फाइनलमा स्थान सुरक्षित गरेको हो । आर्मीका लागि राष्ट्रिय टिमका स्ट्राइकरसमेत रहेका नियमित खेलाडी जिलेस्पीजंग कार्की, दिशान्त राई, निरज चौधरीले गोल […]

December 14, 2024

झापा कपको उद्घाटन खेल-आर्मी र एलएक्स सिटी खेल्ने

हिमाल खरेल,बिर्तामोड झापा कपको उद्घाटन खेल आज त्रिभुवन आर्मी फुटबल क्लब र मोरङको एलएक्स सिटी फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । झापा ११ फुटबल क्लबको आयोजनामा हुन लागेको प्रतियोगितामा सिराहाको सलहेस युवा क्लब, एनआरटी फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, इटहरीको राष्ट्रिय जागृति क्लब सहभागी छनम । त्यस्तै, दार्जिलिङको जिटिए, काठमाडौं जिल्ला लिग च्याम्पियन चित्लाङ फुटबल क्लब, […]

December 12, 2024

एनएसएलको तेस्रो संस्करण चैतमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण यसै वर्षको‌ अन्त्यमा आयोजना हुनेभएको छ। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले आयोजना एनएसएल चैत १६ गते सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ। आज एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले एनएसएलका प्रबन्ध निर्देशक श्रेयांस कार्कीलाई एनएसएल‌ आयोजनाको अनुमतिपत्र […]

Success

Thank you for your time.