4 years ago
April 5, 2022
काठमाडौं (हाम्रो खेलकुद) – श्रीलंकाको ब्लु स्टार एससीसँग घरेलु मैदानमा हार बेहोर्दै नेपालको लिग च्याम्पियन मछिन्द्र फुटबल क्लब एएफसी कप छनोटको प्रारम्भिक चरणबाटै बाहिरिएको छ ।

सोमबार ब्लु स्टार एससीसँग घरेलु मैदानमा २–१ ले पराजित हुँदै मछिन्द्र पहिलो खेलबाट बाहिरिएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलमा ब्लु स्टारको जितमा मोहमेद इसान र सेनाल सन्देशले गोल गरे । मछिन्द्रका कप्तान सुजल श्रेष्ठले एक गोल फर्काए ।
खेलको नवौं मिनेटमा विमल घर्तीमगरले मैदानको मध्यभागबाट एक डिफेन्डरलाई बिट गर्दै दिएको पासमा नुर्लान नोभ्रुजोभको वान भर्सेस वानको प्रहार दोस्रो बार च्याप्दै थोरै बाहिरिदा मछिन्द्र अग्रता लिन चुक्यो ।
१५औं मिनेटमा ब्लु स्टार एससीले पेनाल्टीको अवसर पाएपनि गोलरक्षक विशाल श्रेष्ठले बचाउँदै मछिन्द्रको संकट टारे । देवेन्द्र तामाङले पेनाल्टी बक्समा सेनाल सन्देशलाई फउल गरेपछि रेफ्री युसुफ साइद हसनले श्रीलंकालाई पेनाल्टी प्रदान गरेको थियो । तर, एरेपाडे ओमबेबेको पेनाल्टी प्रहारलाई विशालले बचाए । रिवाउन्डमा सन्देशको प्रहारले पोस्टको दिशा लिन सकेन ।

२४औं मिनेटमा फजलको चलाखीपुर्ण फ्रिकिकमा मोहमेद इसानले गोल गर्दै ब्लु स्टारलाई अग्रता दिलाए । विशाल राईले मोहम्मद असदलाई लडाएपछि प्राप्त फ्रिकिकलाई फजले चलाखी गर्दा इसानले गोलरक्षक विशाललाई बिट गर्दै गोल गर्न सफल भए ।
२८औं मिनेटमा सन्देशले गोल गर्दै ब्लु स्टारको अग्रता दोब्बर पारे । रन्जित धिमालले क्लियर गर्न नसेकेको बललाई सन्देशले नियन्त्रणमा लिदै उत्कृष्ट फिनिस गरेका थिए ।

३५औं मिनेटमा रेजिन धिमालको फ्रिकिकमा नुर्लान नोभ्रुजोभले प्रयास गरेपनि उनी अफसाइड ठहरिए । लगत्तै विमल घर्तीमगरको पासलाई नुर्लानले भेट्टाउन सकेन । ३८औं मिनेटमा रेजिनको कर्नरमा विमलको हेडर प्रयासलाई देवेन्द्र तामाङले दोस्रो प्रयासमा गरेको प्रहारलाई ब्लु स्टारका गोलरक्षक लाकप्रिय फर्नान्डोले बचाए ।
६७औं मिनेटमा अभिषेक रिजालको क्रसमा विमलको हेडर पोलमा लागेर फर्कदा रिवाउन्डमा छिरिङ गुरुङको प्रहारलाई कप्तान थरिन्डु इरांगाले गोललाइनबाट बचाए । ७७औं मिनेटमा रेजिन धिमालको क्रसमा कप्तान सुजल श्रेष्ठले बक्समा सुवर्ण अवसर पाएपनि उनको हेडरले पोस्टबाट बाहिरिदा मछिन्द्र गोल अन्तर कम गर्नबाट चुक्यो ।

मछिन्द्रले दोस्रो हाफमा सुधारिएको खेल
मछिन्द्रले दोस्रो हाफमा सुधारिएको खेल पस्कदै एक गोल गरेपनि खेलमा फर्कन सकेन । इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा कप्तान सुजल श्रेष्ठले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याएपनि मछिन्द्रलाई खेलमा फर्कन निकै ढिला भयो । उनले मनिष डाँगीको त्रलस पासलाई सदुपयोग गरेका थिए ।
अब दोस्रो चरणको खेलमा ब्लु स्टार एससीले भारतको एटिके मोहन बगानसँग खेल्नेछ । जुन खेल अप्रिल १२ मा हुनेछ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]