default_image

2 years ago

April 6, 2022

चेल्सी र रियल म्याड्रिड भिड्दै

132 views

0 Bookmark

एजेन्सी – युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा साविकको विजेता इंग्लिस क्लब चेल्सीले घरेलु मैदानमा स्पेनिस क्लब रियल म्याड्रिडको आतिथ्यता गर्दैछ ।

खेल स्टामफोर्ड ब्रिजमा नेपाली समयअनुसार राति १२ः४५ बजे हुने छ । घरेलु मैदानमा हुने पहिलो लेगको खेलमा साविक विजेता चेल्सी रियललाई हराएर सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाउन चहान्छ । पछिल्लो खेलमा ब्रेन्टफर्डसँग ४–१ ले पराजित भएको चेल्सी रियललाई हराएर जितको लयमा फर्कन चहान्छा ।

टोलीसँग इडुआर्ड मेन्डी, सेसर एज्पिलिक्वेटा, थियागो सिल्भा, एन्टेनियो रुडिगर, रिस जेम्स, जर्गिन्हो, माटियो कोभासिस, मार्काेस अलन्सो, हाकिम जियाच, काई हाभर्टज र क्रिस्टियन पुलिलिस रहेका छन् । यस्तै एङ्गोलो कान्टे, ट्रिभोअ चलोवाह, मासन माउन्ट र टिमो वेर्नर पनि टोलीमा रहेका छन् ।

यता, यो सिजन उच्च लयमा रहेको रियल पनि अवे जित निकाल्दै सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाउन चहान्छ । टोलीसँग करिम बेन्जेमा, भिनिसियस जुनियर, मार्काे एसेन्सियो, टोनी क्रुस, क्यासमिरो, लुका मोड्रिच, फर्लान्ड मेन्डी, डेभिड अलाबा, इडर मिलिसाओ र थिवाउट कोर्टुवा रहेका छन् । रोड्रिगो, नाचो फर्नान्डेस, मार्सेलो, फेडे भाल्भेर्डे पनि टोलीमा रहेका छन् । चोटका कारण इडेन हाजार्ड र इस्को टोलीमा हुनेछैनन् ।

गत सिजन यि दुई टोलीले सेमिफाइनलमा प्रतिस्पर्धा गर्दा चेल्सीले समग्रमा ३–१ को जित निकाल्दै फाइनल प्रवेश गर्दै च्याम्पियन बन्न सफल भएको थियो । घरेलु मैदानमा भएको पहिलो लेगमा २–० को जित निकालेको चेल्सीले दोस्रो लेगमा १–१ गोलको बराबरी खेलेको थियो ।
चेल्सी सोही प्रदर्शनलाई निरन्तरता दिने लक्ष्यमा मैदानमा उत्रदा रियल उक्त हारको बदला लिने लक्ष्यमा रहनेछ ।

पछिल्लो चार खेलको नतिजामा रियल दुइ खेलमा विजयी हुँदा चेल्सीले एक खेल आफ्नो पक्षमा पारेको छ । एक खेल बराबरीमा सकिएको छ ।

May 13, 2024

क्लब लाइसेन्स पाएसँगै चर्च ब्वाइजले एएफसी प्रतियोगिता खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी क्लब लाइसेन्स पाएसँगै चर्च ब्वाइज युनाइटेडले एएफसि प्रतियोगिता खेल्न बाटो खुलेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार घोषणा गरेसँगै गत सिजनको लिग विजेता चर्च ब्वाइजले महादेशीय प्रतियोगिता खेल्न योग्य भएको हो । एन्फाले सोमबार सार्वजनिक गरेअनुसार चर्च ब्वाइज युनाइटेड र त्रिभुवन आर्मी फुटबल क्लबले आवश्यक मापदण्ड पूरा […]

May 13, 2024

च्याम्पियन पिएसजीको हार

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) किलियन एमबाप्पेको गोलका बाबजुद पराजित भएको छ। फ्रान्सेली च्याम्पियन पिएसजी आइतबार टुलुजसँग ३-१ गोलले पराजित भएको हो । पिएसजी छोड्ने घोषणा गरिसकेका एमबाप्पेले खेलको आठौं मिनेटमा गोल गरेका थिए। तर टुलुजका थिज्स डलिङ्गाबाट १३ औं मिनेटमा बराबरी गोल फर्काए । यान गोबोहोको गोलबाट टुलुजले ६८ औं मिनेटमा अग्रता लिएको […]

May 12, 2024

आर्सनल पुनः प्रिमियर लिगको शीर्षस्थानमा

एजेन्सी – म्यानचेस्टर युनाइटेडलाई हराउँदै आर्सनल इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा पुनः उक्लिएको छ । युनाइटेडको घरेलु मैदानमा आइतबार भएको खेलमा आर्सनलले १-० को जित दर्ता गर्दै तालिकाको शीर्षस्थानमा उक्लिन सफल भएको हो । आर्सनलको जितमा लियान्द्रो ट्रोसार्डले २०औं मिनेटमा खेलको एकमात्र गोल गरे । काई हाभेर्ट्जको पासमा ट्रोसार्डले बक्स भित्रबाट गोल गरेका थिए । सोही […]

Success

Thank you for your time.