default_image

2 years ago

April 6, 2022

विराटनगर र पुलिसको जित

चितवन (हाम्रो खेलकुद) – विराटनगर महानगरपालिका र विभागीय नेपाल पुलिस क्लबले राष्ट्रिय महिला लिगमा जित निकालेका छन् ।चितवनको भरतपुरमा बुधबार भएको खेलमा विराटनगरले धनगढी उपमहानगरपालिकालाई १–० ले पराजित गरेको हो । विराटनगरको जितमा विपना राईले गरेको गोल नै निर्णायक बन्यो । यो जितसँगै विराटनगर ५ खेलबाट १० अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । पराजित […]

105 views

0 Bookmark

चितवन (हाम्रो खेलकुद) – विराटनगर महानगरपालिका र विभागीय नेपाल पुलिस क्लबले राष्ट्रिय महिला लिगमा जित निकालेका छन् ।
चितवनको भरतपुरमा बुधबार भएको खेलमा विराटनगरले धनगढी उपमहानगरपालिकालाई १–० ले पराजित गरेको हो ।

विराटनगरको जितमा विपना राईले गरेको गोल नै निर्णायक बन्यो । यो जितसँगै विराटनगर ५ खेलबाट १० अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । पराजित धनगढी ९ अंक जोडेर पाँचौ स्थानमा रहेको छ ।

यस्तै लिगकै अर्काे खेलमा पुलिसले चन्द्रपुर नगरपालिका वालिङ स्याङ्जामाथि २–१ को झिनो जित निकालेको छ । पुलिसको जितमा मनिषा राउत र रेखा कुमारी पौडेलले गोल गरिन् । चन्द्रपुरकी रोजिना श्रेष्ठले एक गोल फर्काइन् ।

जितसँगै दोस्रो स्थानमा रहेको पुलिसको ५ खेलबाट १२ अंक पुगेको छ । पराजित चन्द्रपुर १ अंक जोडेर सातौ स्थानमा रहेको छ ।

May 1, 2024

बायर्न म्युनिख र रियल म्याड्रिडको बराबरी

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत पहिलो सेमीफाइनलको पहिलो लेगमा बायर्न म्युनिख र रियल म्याड्रिडले बराबरी खेलेका छन् । घरेलु मैदान आलियान्ज एरिनामा भएको खेलमा बायर्नले खेलमा रहेको अग्रता अन्तिम तिर गुमाउन पुगेको थियो । १-० ले पछि परेको अवस्था उल्ट्याउँदै बायर्नले हाफको सुरुवातमै गोलको अग्रता बनाएको हो । तर खेलको अन्त्यतिर रियलले बराबरी गोल […]

April 30, 2024

सागरको ह्याट्रिकमा पुल्चोक विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सागर थिङले दोस्रो हाफमा गरेको ह्याट्रिक सहित पुल्चोक स्पोर्ट्स क्लबले सहिद स्मारक सि डिभिजन लिगमा मंगलबार सहज जित दर्ता गरेको छ । पुल्चोकले रानीवन स्पोर्ट्स क्लब माथि ४-० को सहज जित दर्ता गरेको हो । पुल्चोकका लागि सागर थिङले ह्याट्रिक गरे । उनले दोस्रो हाफमा मैदान प्रवेश गर्दा ८२औं मिनेट सहित […]

April 30, 2024

कोशीसँगै सुदूरपश्चिम महिला लिगका लागि छनोट

काठमाडौं (हाम्रो खेलकुद) – कोशी प्रदेश र सुदूरपश्चिम प्रदेश एन्फा महिला लिगको अन्तिम चरणका लागि छनोट भएका छन् । कर्णाली प्रदेशलाई लिग छनोटमा मंगलबार १–० ले पराजित गरेसँगै सुदूरपश्चिम लिगको अन्तिम चरणका लागि छनोट हुन सफल भएको हो । ५ खेलमा शीर्षस्थानको रहेको कोशीको १३ र सुदूरपश्चिमको १२ अंक छ । अन्तिम खेल अघि नै […]

Success

Thank you for your time.