4 years ago
April 9, 2022
काठमाडौं (हाम्रो खेलकुद) – मध्यपुर युथ एसोसियन र ब्वाइज युनियनले सहिद स्मारक ’बी’ डिभिजन लिग अन्तर्गतको आफ्नो अन्तिम खेलमा महत्वपूर्ण सफलता हात पारेका छन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शनिबार भएको खेलमा मध्यपुरले नयाँबस्ती युथ क्लबलाई ३–१ गोल अन्तरले हराएको हो । मध्यपुरको जितमा सन्जिब थापा मगर, आशिक गुरुङ र यमन राजबाहकले गोल गरे । नयाँबस्तीका अभय धिमालले एक गोल फर्काए ।
जितसँगै मध्यपुरको १३ खेलमा १७ अंक पुगेको छ । पराजित नयाँबस्तीको १३ खेलमा १५ अंक पुगेको छ ।
‘बी’ डिभिजन लिग अन्तर्गत नै दशरथ रंगशालामा भएको खेल ब्वाइज युनियनले श्री कुमारी क्लबलाई ३–१ ले पराजित गरेको छ । ब्वाइज युनियनको जितमा विवेक राई, मिलन लिम्बु र रञ्जित गुरुङले गोल गरे । श्रीकुमारीका राज भुसालले एक गोल फर्काए ।
यो जितसँगै ब्वाइज युनियनले रेलिगेसन जोगाउने सम्भावना बढाएको छ । ब्वाइज युनियनको १३ खेलमा १६ अंक पुगेको छ । अब लिगको अन्तिम खेलमा जोड्यो । अन्तिम खेलमा टुसाल युथ क्लब र सामाजियक युवा क्लब पराजित भए ब्वाइज युनियन ‘बी’ डिभिजनमै यथावत रहनेछ । पराजित श्री कुमारीको १३ खेलमा १६ अंक रहेको छ ।
December 10, 2025
एजेन्सी – च्याम्पियन्स लिगमा मंगलवार बार्सिलोना, बायर्न म्युनिख, लिभरपुल, एट्लेटिको म्याड्रिड विजयी भएका छन्। चेल्सी, इन्टर मिलान पराजित भएको छ। बायर्नले स्पोर्टिङ सिपीलाई ३-१ ले हरायो। सुरुवाती अग्रता स्पोर्टिङले लियो। ५४औँ मिनेटमा जोशुआ किमिचको आत्मघाती गोलबाट स्पोर्टिङले अग्रता बनाएको हो। तर त्यसपछि बायर्नले दबाब बढाउँदै खेल आफ्नो पक्षमा पार्यो । ६५औँ मिनेटमा सर्ज ग्नाब्रीले नजिकैबाट […]
December 9, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]