default_image

2 years ago

April 10, 2022

इन्टर मिलान र युभेन्ट्सको जित

144 views

0 Bookmark

एजेन्सी – शीर्ष दौडमा रहेका इन्टर मिलान र युभेन्ट्सले इटालियन सिरी ‘ए’ मा जित निकालेका छन् । इन्टरले घरेलु मैदानमा हेलास भेरोनालाई २–० ले पराजित गरेको हो ।

घरेलु मैदान मिलानोमा इन्टरको जितमा निकोलो बरेल्ला र इडेन जेकोले गोल गरे । दुवै गोल पहिलो हाफमा ९ मिनेटमा अन्तरमा भएको थियो ।२२औं मिनेटमा निकोलो बरेल्लाको गोलबाट इन्टरले अग्रता लिएको थियो । उनले इभान पेरिससको पासमा गोल गर्न सफल भएका थिए ।

३०औं मिनेटमा इभान पेरिससकै पासमा इडेन जेकोले गोल गर्दै इन्टरको अग्रता दोब्बर पारे । त्यसपछि थप गोल निस्कन नसक्दा इन्टर विजयी हुन सफल भयो ।

यो जितसँगै इन्टर ३१ खेलबाट ६६ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । समान ६६ अंक नै रहेपनि नेपोली गोलअन्तरमा तेस्रो स्थानमा रहेको छ । पराजित हेलास भेरोना ३२ खेलबाट ४५ अंक जोडेर नवौं स्थानमा रहेको छ ।

सिरी ‘ए’ कै अर्काे खेलमा युभेन्ट्सले क्याग्लिएरीमाथि २–१ को पूनरागमन जित निकालेको छ । युभेन्ट्सको जितमा म्याथिज डि लेग्ट र डुसान भ्लाहोभिचले गोल गरे । घरेलु टोलीका जोआओ पेड्रोको गोल सान्त्वना बन्यो ।

क्याग्लिएरीमा शनिबार राति भएको खेलको १०औं मिनेटमा जोआओ पेड्रोको गोलबाट युभेन्ट्स खेलमा पछि परेको थियो । उनले राजभान मरिनको पासलाई सदुपयोग गरेका थिए । ४५औं मिनेटमा म्याथिज डि लेग्टले जुआन कोर्डाडोको पासमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । ७५औं मिनेटमा डुसान भ्लाहोभिचले गोल गर्दै युभेन्ट्सको जित पक्का गरे ।

यो जितसँगै युभेन्ट्सले शीर्ष चारमा आफ्नो स्थान मजवुत बनाएको छ । चौथो स्थानमा रहेको युभेन्ट्सको ३२ खेलबाट ६२ अंक पुगेको छ । युभेन्ट्स दोस्रो स्थानको इन्टर र तेस्रो स्थानको नेपोलीभन्दा ४ अंकले पछि रहँदा पाँचौ स्थानको रोमाभन्दा ८ अंकले अघि छ । क्याग्लिएरी २५ अंक जोडेर १७औं स्थानमा रहेको छ ।

May 14, 2024

टोटेनहम र म्यानचेस्टर सिटी भिड्दै

एजेन्सी – इंग्लिस प्रिमियर लिगको २०२३/२४ सिजनको उपाधिका लागि महत्वपूर्ण खेलमा आज म्यानचेस्टर सिटीले टोटेनहम हटस्परको घरेलु मैदानको यात्रा गर्दैछ । खेल आज राति १२:४५ बजे टोटेनहम हटस्पर स्टेडियममा सुरु हुनेछ । लगातार चार पटक उपाधि जित्ने लक्ष्यमा रहेको सिटीलाई आजको खेल जित्नै पर्ने दबाब छ । दोस्रो स्थानमा रहेको सिटी आर्सनल भन्दा १ अंकले […]

May 14, 2024

आरसी ३२ शीर्ष स्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – आरसी ३२ फुटबल एकेडेमी जारी सहिद स्मारक सि डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । अयोग्य खेलाडी खेलाएको भन्दै एन्फाले अंक घटाएपनी मंगलबार भएको खेलमा झम्सिखेल युथ क्लब माथि २-० को जित निकाल्दै आरसी ३२ शीर्ष स्थानमा पुगेको हो । आरसी ३२ का लागि खेलको पाँचौं मिनेटमा सुजन बलाम्पकी मगरले सुरुवाती […]

May 14, 2024

विश्व कप छनोटका लागि प्रारम्भिक टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – विश्व कप छनोटको दोस्रो चरणअन्तर्गत युएइविरुद्धको खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको २८ सदस्यीय प्रारम्भिक टोलीको घोषणा भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार आफ्नो सामाजिक सन्जालमार्फत टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले मंगलबार प्रारम्भिक टोलीको टोलीको गरेको जनाएको छ । नेपाल र युएइबीच जेठ २४ गते दशरथ […]

Success

Thank you for your time.