4 years ago
April 10, 2022
काठमाडौं (हाम्रो खेलकुद) – आफ्नो अन्तिम तथा निर्णायक खेलमा जित र अर्काे खेलमा आँफु अनुकुल नतिजा निस्किएपछि खुमलटार युथ क्लब पहिलोपटक सहिद स्मारक ‘ए’ डिभिजन लिगमा बढुवा हुन सफल भएको छ ।

आइतबार लिगको अन्तिम खेलमा सामाजिक युथ क्लबलाई २–१ ले पराजित गर्दै खुमलटार ‘बी’ डिभिजन लिगको दोस्रो स्थानमा रहँदै पहिलोपटक शीर्ष डिभिजनमा बढुवा भएको हो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आइतबार खुमलटारको जितमा खेलको इन्ज्युरी समयमा पाएको आत्मघाती गोल नै निर्णायक बन्यो । बराबरीतर्फ धकेलिएको खेलको अन्त्यतिर विकास लिम्वुले आत्मघाती गोल गरेपछि खुमटार शीर्ष डिभिजनमा बढुवा हुँदा रानी पोखरी कर्नर टिम (आरसिटी) अभागी सावित भयो ।
खेलको १४औं मिनेटमा कप्तान सबिन केसीले गोल गर्दै खुमलटारलाई सुरुआती अग्रता दिलाए । ५७औं मिनेटमा सुरेश खत्रीले गोल गर्दै सामाजिकलाई १–१ गोलको बराबरीमा ल्याए । तर, खेलको इन्जुरी समयमा सामाजिकका विकास लिम्बुले आत्मघाती गोल गरेपछि खुमलटारले २–१ को महत्वपूर्ण जित निकाल्दै शीर्ष डिभिजनमा बढुवा हुन सफल भयो ।
वि.स.२०६२ मा दर्ता भएको खुमलटारले १३ खेलमा २२ अंक जोड्यो । समान २२ अंक भएपनि हेड टु हेडमा खुमलटार अघि रह्यो ।खुमलटारसँगको हारसँगै सामाजिक भने रेलिगेसनमा परेको छ ।
आइतबार भएको आफ्नो अन्तिम खेलमा आरसिटीले टुसाल युथ क्लबसँग गोलरहित बराबरी खेल आरसिटी पुन ‘बी’ डिभिजनमै कायम रह्यो । आरसिटीलाई बराबरीमा रोकेको टुसाल युथ क्लब पनि ‘बी’ डिभिजनमा कायम रहन सफल भयो । चर्च ब्वाइज युनाइटेड ‘बी’ लिगको च्याम्पियन बन्दै यसअघि नै शीर्ष डिभिजनमा तथा झम्सिखेल युथ क्लब यसअघि नै रेलिगेसनमा परिसकेको छ ।
गत वर्ष एक टोलीमात्रै शीर्ष डिभिजनमा उक्लने प्रावधान रहँदा खुमलटार अन्तिम खेलमा सातदोबाटोसँग पराजित हुँदै ‘बी’ डिभिजनमै कायम रहेको थियो । खुमलटार २०६४ मा ‘सी’ डिभिजन छनोट खेलेको थियो । २०७० को सिजनमा ‘सी’ डिभिजन च्याम्पियन भएर खुमलटार ‘बी’ डिभिजनमा बढुवा भएको थियो । त्यसपछि खुमलटारले चारपटक ‘बी’ डिभिजन लिग खेल्दै शीर्ष डिभिजनमा बढुवा हुन सफल भएको हो ।
क्लबका अध्यक्ष मनिराज विष्टले अघिल्लो सिजनको दवाव र टोल, टिमको समन्वयमा यसपटक जसरी पनि शीर्ष डिभिजनमा बढुवा हुने लक्ष्य राख्दा त्यसमा सफल भएको बताए । ‘अघिल्लो सिजनको उपविजेता हामीलाई यो सिजन शीर्ष डिभिजनमा जानको लागि दवाव रहेको थियो । टोली पनि त्यसरी नै निर्माण गरेका थियौं । त्यसमा सफल भएका छौं ।’ अध्यक्ष विष्टले भने, ‘सबै क्लबको मुख्य समस्या आर्थिक पक्ष नै हो । आर्थिक पाटोलाई बलियो बनाउँदै हामी शीर्ष डिभिजन खेल्नेछौं । गत सिजनदेखि नै हामीले यो प्रयास थालिसकेका छौं ।’
खुमलटारको ‘ए’ डिभिजन यात्रामा चार खेलाडी ‘सी’ छनोटदेखि निरन्तर रहे । कप्तान सविन केसी, आशिष सोनाम, मिलन बुढाथोकी र अनिल खड्का ‘सी’ छनोट खेलदेखि खुमलटारमा रहेका खेलाडी हुन् । राष्ट्रिय टोलीका सदस्य आयुस घलान र प्रशान्त अवस्थी गत सिजनको ‘बी’ डिभिजन लिगबाटै खुमलटारबाट उदाएका खेलाडी हुन् ।
December 10, 2025
एजेन्सी – च्याम्पियन्स लिगमा मंगलवार बार्सिलोना, बायर्न म्युनिख, लिभरपुल, एट्लेटिको म्याड्रिड विजयी भएका छन्। चेल्सी, इन्टर मिलान पराजित भएको छ। बायर्नले स्पोर्टिङ सिपीलाई ३-१ ले हरायो। सुरुवाती अग्रता स्पोर्टिङले लियो। ५४औँ मिनेटमा जोशुआ किमिचको आत्मघाती गोलबाट स्पोर्टिङले अग्रता बनाएको हो। तर त्यसपछि बायर्नले दबाब बढाउँदै खेल आफ्नो पक्षमा पार्यो । ६५औँ मिनेटमा सर्ज ग्नाब्रीले नजिकैबाट […]
December 9, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]