4 years ago
April 10, 2022
काठमाडौं (हाम्रो खेलकुद) – लिगको एक खेल बाँकी छँदै लिग च्याम्पियन बनेको चर्च ब्वाइज युनाइटेडलाई आइतबार च्याम्पियन ट्रफी प्रदान गरिएको छ ।

सातदोबाटोस्थित एन्फाको खेल मैदानमा ‘बी’ डिभिजन लिगको समापनसँगै चर्च ब्वाइजलाई च्याम्पियन ट्रफी प्रदान गरिएको हो । च्याम्पियन चर्च ब्वाइजले १५ लाख रुपैया र ट्रफी प्राप्त गरेको छ । चर्च ब्वाइज यस सिजनको बी डिभिजन लिगमा शीर्षस्थानमा रहँदै पहिलोपटक ‘ए’ डिभिजनमा बढुवा हुन सफल भएको टोली हो ।
चर्च ब्वाइजले कुल १३ खेलबाट २९ अंक जोड्यो । जसमा ९ जित र समान २ बराबरी र हारको नतिजा निकाल्यो । वि.स. २०६६ सालमा स्थपित चर्च ब्वाइज स्थापनाको १३ वर्षमै शीर्ष डिभिजनमा बढुवा हुन सफल भएको हो । चर्च ब्वाइजले २०७६ र २०७७ मा ‘सी’ डिभिजन छनोट खेलेको थियो ।
‘बी’ डिभिजन खेलेको पहिलो सिजन नै चर्च ब्वाइज च्याम्पियन बन्दै शीर्ष डिभिजनमा बढुवा हुन सफल भएको हो । चर्च ब्वाइजले ‘सी’ डिभिजन खेल्नुअघि मोफसलका विभिन्न प्रतियोगिताहरु खेल्दा ३० भन्दा बढी उपाधि जित्न सफल भएको थियो ।
आइतबारै लिगको महत्वपूर्ण खेलमा खुमलटार युथ क्लबले सामाजिक युथ क्लबलाई २–१ ले पराजित गर्दै लिगमा दोस्रो हुँदै पहिलोपटक शीर्ष डिभिजनमा बढुवा हुन सफल हुँदा रानी पोखरी कर्नर टिम (आरसिटी) आफ्नो अन्तिम खेलमा टुसाल युथ क्लबसँग गोलरहित बराबरीमा रोकिदा शीर्ष डिभिजनमा पुग्न असफल भएको छ ।
१४ टोलीको सहभागितामा गत फागुनदेखि शुरु भएको लिगबाट यो सिजन सामाजिक युथ क्लब र झम्सिखेल युथ क्लब रेलिगेसनमा परेको छ ।
December 10, 2025
एजेन्सी – च्याम्पियन्स लिगमा मंगलवार बार्सिलोना, बायर्न म्युनिख, लिभरपुल, एट्लेटिको म्याड्रिड विजयी भएका छन्। चेल्सी, इन्टर मिलान पराजित भएको छ। बायर्नले स्पोर्टिङ सिपीलाई ३-१ ले हरायो। सुरुवाती अग्रता स्पोर्टिङले लियो। ५४औँ मिनेटमा जोशुआ किमिचको आत्मघाती गोलबाट स्पोर्टिङले अग्रता बनाएको हो। तर त्यसपछि बायर्नले दबाब बढाउँदै खेल आफ्नो पक्षमा पार्यो । ६५औँ मिनेटमा सर्ज ग्नाब्रीले नजिकैबाट […]
December 9, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]