default_image

2 years ago

April 12, 2022

रियल म्याड्रिड र चेल्सी भिड्दै

117 views

0 Bookmark

एजेन्सी – युइएफए च्याम्पियन्स लिग अन्तरगतको प्रि–क्वाटरफाइनलको दोस्रो लेगमा आज (मंगलबार) दुई खेलमा प्रतिस्पर्धा हुँदैछ । स्पेनिस क्लब रियल म्याड्रिडले साविक विजेता इंग्लिस क्लब चेल्सीलाई घरेलु मैदानमा आतिथ्यता गर्दैछ ।

खेल सान्टियागो बर्नबेउमा नेपाली समयअनुसार राति १२ः४५ बजे हुनेछ । घरेलु मैदानमा हुने खेलमा रियल चेल्सीलाई हराउँदै दुवै लेगमा जित निकाल्दै सेमिफाइनल पुग्ने दाँउमा हुनेछ । रियलले अवे मैदानमा ३–१ को जित निकालेको थियो ।

बराबरीको नतिजा नै रियललाई सेमिफाइनलमा पुग्न पर्याप्त रहेपनि रियल स्पष्ट जितसहित अघि बढ्न चहान्छ । चेल्सीविरुद्ध फरवार्ड करिम बेन्जेमा नै मुख्य हतियार हुनेछ । उनकै ह्याट्रिक सहयोगमा रियलले पहिलो लेगमा सहज जित हात पारेको थियो ।

यसबाहेक टोलीसँग भिनिसियस जुनियर, रोड्रिगो, मार्काे एसेन्सियो, फेडे भाल्भेर्डे, लुका मोड्रिच, क्यासमिरो, टोनी क्रुस, डेभिड अलाबा, नाचो फर्नान्डेस, ड्यानी कार्भाजल, फर्लान्ड मेन्डी र गोलरक्षक थिवाउट कोर्टुवा रहेका छन् ।

यस्तै ग्यारेथ बेल, मार्सेलो, लुका जोभिक र इडुआर्डाे कामाभिंगा पनि टोलीमा रहेका छन् । प्रतिबन्धका कारण डिफेन्डर इडर मिलिसाओ टोलीमा नरहँदा रियललाई समस्या पर्न सक्नेछ । चोटका कारण इडेन हाजार्ड र इस्को पनि टोलीमा हुनेछैनन् ।

यता, साविक विजेता चेल्सी पनि घरेलु टोलीमाथि स्तब्धपूर्ण नतिजा निकाल्दै सेमिफाइनल पुग्ने दाउमा हुनेछ । चेल्सीलाई सेमिफाइनलमा पुग्न स्पष्ट ३–० को जितको खाँचो छ । तर, यो सिजनमा लयमा रहेको टोली रियलविरुद्ध उसकै मैदानमा यो जित निकाल्न कठिन हुनेछ ।

टोलीसँग फरवार्ड रोमेलु लुकाकु पनि टोलीमा हुनेछैनन् । काई हाभर्टज, टिमो वेर्नर, मासन माउन्ट र क्रिस्टियन पुलिसिसलाई यो जिम्मेवारी बढेको छ । माटियो कोभासिस, एङ्गोलो कान्टे, रिस जेम्स, मार्काेस अलन्सो, एन्टेनियो रुडिगर, थियागो सिल्भा, आन्द्रेस क्रिस्टेन्सेन र गोलरक्षक इडुआर्ड मेन्डी टोलीमा रहेका छन् । कप्तान सिसर एज्पिलिक्वेटा, हाकिम जियाच, जर्गिन्हो र रुवेन लफटस चिक पनि टोलीमा रहेका छन् ।

यस्तै अर्काे खेलमा जर्मन क्लब बायर्न म्युनिखले घरेलु मैदानमा स्पेनिस क्लब भिल्लारियलसँग खेल्दै छ । पहिलो लेगमा १–० गोलले पराजित भएको बायर्न यस खेलमा दबाबमा छ ।

May 14, 2024

टोटेनहम र म्यानचेस्टर सिटी भिड्दै

एजेन्सी – इंग्लिश प्रिमियर लिगको २०२३/२४ सिजनको उपाधिका लागि महत्वपूर्ण खेलमा आज म्यानचेस्टर सिटीले टोटेनहम हटस्परको घरेलु मैदानको यात्रा गर्दैछ । खेल आज राति १२:४५ बजे टोटेनहम हटस्पर स्टेडियममा सुरु हुनेछ । लगातार चार पटक उपाधि जित्ने लक्ष्यमा रहेको म्यानचेस्टर सिटीले आजको खेल जित्नै पर्ने दवाव रहेको छ । दोस्रो स्थानमा रहेको सिटी आर्सनल भन्दा […]

May 14, 2024

आरसी ३२ शीर्ष स्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – आरसी ३२ फुटबल एकेडेमी जारी सहिद स्मारक सि डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । अयोग्य खेलाडी खेलाएको भन्दै एन्फाले अंक घटाएपनी मंगलबार भएको खेलमा झम्सिखेल युथ क्लब माथि २-० को जित निकाल्दै आरसी ३२ शीर्ष स्थानमा पुगेको हो । आरसी ३२ का लागि खेलको पाँचौं मिनेटमा सुजन बलाम्पकी मगरले सुरुवाती […]

May 14, 2024

विश्व कप छनोटका लागि प्रारम्भिक टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – विश्व कप छनोटको दोस्रो चरणअन्तर्गत युएइविरुद्धको खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको २८ सदस्यीय प्रारम्भिक टोलीको घोषणा भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार आफ्नो सामाजिक सन्जालमार्फत टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले मंगलबार प्रारम्भिक टोलीको टोलीको गरेको जनाएको छ । नेपाल र युएइबीच जेठ २४ गते दशरथ […]

Success

Thank you for your time.