10 years ago
September 15, 2015
नेपाल राष्ट्रिय यु-१९ टोलीका कप्तान विमल घर्ती मगर जारी राष्ट्रिय लिगमा कैलालीबाट खेल्ने पक्का भएको छ| यु-१९ टोलीका धेरैजसो खेलाडी रहेको सुदुरपश्चिममा कप्तान विमल पनि खेल्ने पक्का भएको छ|
उनिसंगै यु-१९ टोलीका मिडफिल्डर तेज तामागं पनि सुदुरबाट खेल्ने भएका छन्| विमलको यो नेपाली क्लबबाट पहिलो खेल हुनेछ|
विगतका मोफसलका प्रतियोगिताहरुमा विभिन्न क्लबबाट खेलेपनि यो एन्फाद्वारा आयोजित लिग प्रतियोगितामा पहिलो क्लब हो| विमल यसअघि विभिन्न विदेशी क्लबहरुमा ट्रायलमा गएपनि उमेरका समस्याले प्रोफेसनल कन्ट्र्याक्ट गर्न असफल रहेका थिए|
युरोपियन क्लबमा विदेशी खेलाडीहरुले १८ वर्ष कटेपछि मात्र कन्ट्र्याक्ट गर्न पाउने व्यवस्था रहेको छ|
विरेन्द्र चन्द कप्तान रहेको सुदुर टोलीमा अनन्त तामाङ, हेमन्त थापा मगर, शिव शुवेदि, दिनेश राजवंशी, सुदन थापा र अन्य यु१९ टोलीका खेलाडी छन्|
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]