default_image

2 years ago

April 13, 2022

एट्लेटिकोले सिटीसँग खेल्दै, लिभरपुललाई बेन्फिकाको चुनौती

85 views

0 Bookmark

एजेन्सी – युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा आज (बुधबार) राति अन्तिम दुई खेलमा प्रतिस्पर्धा हुँदा स्पेनिस क्लब एट्लेटिको म्याड्रिडले इंग्लिस क्लब म्यानचेस्टर सिटीको आतिथ्यता गर्दैछ ।

खेल वान्डा मेट्रोपोलिटानोमा नेपाली समयअनुसार राति १२ः४५ बजे हुनेछ । पहिलो लेगमा १–० ले पराजित एट्लेटिको घरेलु मैदानमा हुने लेगमा बलियो सिटीलाई स्तब्ध पार्दै सेमिफाइनल पुग्ने दाँउमा हुनेछ ।

तर, सिटीविरुद्ध एट्लेटिकोलाई जित निकाल्न सहज हुनेछैन । एट्लेटिकोलाई सेमिफाइनल पुग्न कम्तीमा पनि २–० को जितको खाँचो छ । १–० को जितले पनि एट्लेटिकोको सेमिफाइनल पुग्ने सम्भावना रहन्छ । बराबरी या हारले एट्लेटिकोको च्याम्पियन्स लिग यात्रा क्वाटरफाइनलमै रोकिनेछ ।

बलियो सिटीविरुद्ध अघिल्लो साता लगातार दवाव झेलेपनि एट्लेटिकोले आफ्नो रक्षापङ्ति तोड्न दिएको थिएन । टोलीसँग जोआओ फेलिक्स, एन्जल कोरेआ, रेनान लोडी, कोकी, मार्काेस लोरेन्टे, रेइनिल्डो, फिलिपे, साभिक र गोलरक्षक जान ओब्लाक रहेका छन् ।

एन्टोइन ग्रिजमन, लुइस सुआरेज, रोड्रिगो डि पउल, यान्निक करास्को र म्याथिअस कुन्हा पनि टोलीमा रहेका छन् । यता, सिटी पनि घरेलु टोलीलाई हराउँदै सेमिफाइनलमा पुग्ने दाँउमा हुनेछ । बराबरीको नतिजाले पनि सिटी अघिल्लो चरणमा पुग्नेछ ।

टोलीसँग फिल फोडेन, रियाद महारेज, ज्याक ग्रेलिस, बर्नाडो सिल्भा, रोड्री, केभिन डि ब्रुयन, जोओ क्यान्सेलो, एमेरिक लोपोर्टा, जोन स्टोन्स, केल वाल्कर र गोलरक्षक इडर्सन मोराएस रहेका छन् । प्रतिबन्धका कारण गाब्रियल जेसस टोलीमा हुनेछैनन् ।

च्याम्पियनस लिगकै अर्काे खेलमा इंग्लिस क्लब लिभरपुलले घरेलु मैदानमा पोर्चुगिज क्लब बेन्फिकासँग खेल्दैछ । पहिलो लेगमा ३–१ को अवे जित निकालेको लिभरपुल घरेलु मैदान एनफिल्डमा पनि सोही नतिजा दोहो¥याउँदै सेमिफाइनलमा पुग्ने लक्ष्यमा हुनेछ ।

२–० को हारले पनि लिभरपुल सेमिफाइनलमा पुग्नेछ । बेन्फिकालाई सेमिफाइनल पुग्न कम्तीमा पनि ३–० को जितको खाँचो छ ।

May 13, 2024

क्लब लाइसेन्स पाएसँगै चर्च ब्वाइजले एएफसी प्रतियोगिता खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी क्लब लाइसेन्स पाएसँगै चर्च ब्वाइज युनाइटेडले एएफसि प्रतियोगिता खेल्न बाटो खुलेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार घोषणा गरेसँगै गत सिजनको लिग विजेता चर्च ब्वाइजले महादेशीय प्रतियोगिता खेल्न योग्य भएको हो । एन्फाले सोमबार सार्वजनिक गरेअनुसार चर्च ब्वाइज युनाइटेड र त्रिभुवन आर्मी फुटबल क्लबले आवश्यक मापदण्ड पूरा […]

May 13, 2024

च्याम्पियन पिएसजीको हार

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) किलियन एमबाप्पेको गोलका बाबजुद पराजित भएको छ। फ्रान्सेली च्याम्पियन पिएसजी आइतबार टुलुजसँग ३-१ गोलले पराजित भएको हो । पिएसजी छोड्ने घोषणा गरिसकेका एमबाप्पेले खेलको आठौं मिनेटमा गोल गरेका थिए। तर टुलुजका थिज्स डलिङ्गाबाट १३ औं मिनेटमा बराबरी गोल फर्काए । यान गोबोहोको गोलबाट टुलुजले ६८ औं मिनेटमा अग्रता लिएको […]

May 12, 2024

आर्सनल पुनः प्रिमियर लिगको शीर्षस्थानमा

एजेन्सी – म्यानचेस्टर युनाइटेडलाई हराउँदै आर्सनल इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा पुनः उक्लिएको छ । युनाइटेडको घरेलु मैदानमा आइतबार भएको खेलमा आर्सनलले १-० को जित दर्ता गर्दै तालिकाको शीर्षस्थानमा उक्लिन सफल भएको हो । आर्सनलको जितमा लियान्द्रो ट्रोसार्डले २०औं मिनेटमा खेलको एकमात्र गोल गरे । काई हाभेर्ट्जको पासमा ट्रोसार्डले बक्स भित्रबाट गोल गरेका थिए । सोही […]

Success

Thank you for your time.