3 years ago
April 16, 2022
काठमाडौं (हाम्रो खेलकुद)– प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपाल एएफसी एसियन कपका लागि छनोट हुन नसक्ने बताएको भोली पल्ट शनिबार राष्ट्रिय फुटबल टोलीका खेलाडीहरुले छनोट हुन कठिन भएपछि आफ्नो तर्फबाट उत्कृष्ट प्रदर्शनको प्रयास गर्ने बताएका छन् ।
एसियन कप छनोटको तस्रो चरणको तयारी शुक्रबारबाट सुरु भएको थियो । पहिलो दिनको प्रशिक्षणपछि दशरथ रंगशालामा आयोजित पत्रकार सम्मेलनमा अलमुताइरीले भनेका थिए,‘ हामी निकै बलियो समूहमा छौं । हामी एसिया कपका लागि छनोट हुन सक्दैनौं । त्यसमा खेलाडीलाई दोष दिनु ठीक हुने छैन ।’
एसियन कपमा हामी छनोट हुँदैनौं भनेर प्रशिक्षकले सजिलो बनाइदिनुभएको छ नि होइन भन्ने प्रश्नको जवाफमा सुजल श्रेष्ठले भने, ‘प्रशिक्षकको त्यो भनाई मैले पनि पढे । कठिन त छ । तर हामी आफ्नोतर्फबाट राम्रो खेल्ने प्रयास गर्नेछौं ।’
खेलाडीमाथि सधै हावी देखिने गरेका अलमुताइरीले नै शनिबारको खेलाडीसँगको पत्रकार सम्मेलनको सुरुवात पनि उनले नै गरेका थिए । त्यसअघि पत्रकार सम्मेलन सुरु गर्नुअघि नै उनले सञ्चारकर्मीलाई खेलाडीसँग एन्फाको निर्वाचन, एनएसएल र क्लबका प्रशिक्षकका बारेमा प्रश्न नगर्न भनेका थिए ।
समान ४ खेलाडीलाई दुई चरणमा विभाजन गरेर पत्रकार सम्मेलनमा प्रस्तुत गरिएको थियो । सुरुवातमा सुजलसहित विशाल राई, विमल घर्तीमगर र मनीष डाँगी उपस्थित थिए । दोस्रो चरणमा रोहित चन्द, नवयुग श्रेष्ठ, अनन्त तामाङ र गोलकिपर विशाल श्रेष्ठलाई प्रस्तुत गरिएको थियो ।
खेलाडीसँगको प्रश्नउत्तरको समयमा अलमुताइरी पत्रकारहरु भन्दा पछाडि बसेका थिए । पहिलो चरणमा सबै प्रश्नको जवाफ सुजलले नै दिइरहेका थिए । पहिलो चरणमा अन्य खेलाडीलाई सोध्नु अघि १० मिनेट पूरा भयो भन्दै अलमुताइरीले खेलाडीहरुलाई त्यहाँबाट बाहिर पठाए । लगभग ५ मिनेट मात्र बितेको अवस्थामा अन्य खेलाडीसँग प्रश्न सोध्नै नपाइने भन्ने सञ्चारकर्मीहरुको गुनासोमा घडी देखाउँदै अलमुताइरीले १० मिनेट पूरा भयो । उनीहरुलाई खानुपर्छ । आराम गर्नुपर्छ । माफ गर्नुहोला भन्दै पन्छिए । राष्ट्रिय टोलीका सबै पाटोमा उनी जहिले हावी देखिन्छन् ।
खेलाडीका लागि समयको पावन्दी लगाएका अलमुताइरीले अघिल्लो दिन पत्रकार सम्मेलनमा समय सिमा थिएन । उनी पटक पटक विभिन्न कारणले विवादमा पर्दै आएका छन् । तर, अधिकांश खेलाडीले उनका बारेमा सकारात्मक प्रक्रिया दिने गरेका छन् । अलमुताइरी जुनै परिस्थितिमा पनि खेलाडीको बचाउ गर्छन् । खेलाडीलाई दोष नदिन आग्रह गर्छन् । खेलाडीले पनि हरेक पटक उनको प्रशंसा नै गरेको पाइन्छ ।
सञ्चारमाध्यममा आउने समाचार लेखहरुले तपाईहरुलाई दबाब हुन्छ भन्ने प्रश्नमा दोस्रो चरणमा पत्रकार सम्मेलनमा रोहितले भने,‘मलाई त्यस्तो हुँदैन । राम्रो प्रतिक्रिया छ भने पढ्छु । नराम्रो छ भने वास्ता गर्दिन । प्रतिक्रिया दिन पाउने सबैको हक हो ।’
अनन्त तामाङ एसियन कप छनोटमा बलिया टोलीहरुविरुद्ध खेल्नका लागि उत्साहित भन्दा पनि चुनौती महसुस हुने बताएका छन् । चोटमुक्त भएर राष्ट्रिय टोलीमा फर्केका नवयुग श्रेष्ठ टोलीमा पूनरागमन गर्दा उत्साहित रहेको र पूरानो खेलमा फर्कन सक्दो राम्रो प्रयास गर्ने बताए ।
गोलकिपर विशाल श्रेष्ठले आफूहरुले शतप्रतिशत दिएर खेल्ने उल्लेख गर्दै भने,‘ हामी खेल्न जाने हो। जित हार भन्ने अर्को कुरा हो। नतिजाको कुरा अर्को पाटो हो । उनीहरु राम्रो टोली हुन् । कुवेत, जोर्डनसँग खेलिसकेका छौं । इन्डोनसियासँग पहिला मैत्रीपूर्ण खेल खेलेका छौं ।’
एसियन कप छनोटको समूह ‘ए’ मा रहेको नेपालले जोर्डन, कुवेत र इन्डोनेसियासँग खेल्दैछ । सबै खेल कुवेतमा हुनेछ । नेपालले जेठ २५ गत जोेर्डन, जेठ २८ गते कुवेत र जेठ ३१ गते इन्डोनेसियासँग खेल्नेछ ।
December 15, 2024
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बार्यन म्युनिखले शनिवार सिजनको पहिलो हार बेहोरेको छ। भिन्सेन्ट कम्पोनीको टोली बार्यन माइन्जसँग २-१ ले पराजित भएको हो। माइन्जका लागि दुवै गोल दक्षिण कोरियाली फरर्वाड लि जे सुङले गरे । बार्यनका लेरोय सानेले गोल गरे। रक्षापंक्तिको कमजोरीको फाइदा उठाउँदै सुङले ४१ औं मिनेटमा पहिलो गोल गरे । ६० औं मिनेटमा […]
December 15, 2024
एजेन्सी – इंग्लिस प्रिमियर लिगमा शनिवार शीर्षस्थानको लिभरपुल र तेस्रो स्थानको आर्सनलले अलग अलग खेलमा बराबरी खेलका छन् । खेलको अन्त्य तिर गोल फर्काउँदै लिभरपुल फुलह्यामसँग हारबाट जोगिएको हो । आर्सनलले एभर्टनसँग गोलरहित बराबरी खेलेको छ। १० खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको लिभरपुल दुई पटक खेलमा पछि परेर पनि बराबरी गर्न सफल रह्यो। लिभरपुलका […]
December 15, 2024
एजेन्सी – रियल म्याड्रिड स्पेनिस ला लिगामा शनिवार रातो भालेसानोसँग ३-३ को बराबरीमा रोकिएको छ । बार्सिलोनासँग अंक बराबरी गर्दै शीर्ष स्थानमा जाने मौकालाई रियलले चुकाएको छ । खेलमा भालेसानोले २-० को अग्रता जोगाउन सकेन । भालेसानोका उनाइ लोपेज, अब्लुद मुमिन र इसी पालेजोन तथा रियलका फेडरिको भाल्भेर्डो, जुड बेलिङघम र रोड्रिगोले गोल गरे । लोपेजले […]