default_image

2 years ago

April 16, 2022

लिभरपुल र म्यानचेस्टर सिटी फेरि भिड्दै

107 views

0 Bookmark

एजेन्सी – एक साताको अवधिमा प्रिमियर लिगको उपाधि होडमा रहेका म्यानचेस्टर सिटी र लिभरपुल आज शनिबार (राति) एफए कपको सेमिफाइनलमा भिड्दैछन् ।

खेल वेम्वली स्टेडियममा नेपाली समयअनुसार राति ८ः१५ बजे हुनेछ । लिभरपुल अहिले एकै सिजन चार ठूलो उपाधि जित्ने सक्ने स्थितिमा रहँदा म्यानचेस्टर सिटीसामु तीन ठूला उपाधि जित्ने अवसर छ । आजको नतिजाले दुवै टिमको लक्ष्य फेरिनेछ । लिभरपुलले यसअघि नै लिगकप जितिसकेको छ । अब लिभरपुल एफएकप, प्रिमियर लिग र च्याम्पियन्स लिगको उपाधि दौडमा रहेको छ । सिटी पनि यही तीन नै उपाधिका लागि खेल हुनेछ ।

एक साताअघि यि दुई क्लबले इंग्लिस प्रियिमर लिगमा २–२ गोलको बराबरी खेलेको थियो । यो नतिजाले दुवै टोलीको उपाधि जित्ने समभावना जीवितै रहेको छ । यो अवस्थामा सिटी लिभरपुलभन्दा १ अंकले मात्रै अघि छ । प्रिमियर लिगको ७ खेल बाँकी रहँदा सिटीको ३१ खेलबाट ७४ तथा लिभरपुलको ७३ अंक छ । नकआउट भएकाले एफए कपमा स्पष्ट नजिता आउने नै छ । कसले बाजी मार्ला भनेर सबैको ध्यान यही खेलमा केन्द्रित भएको छ ।

लिभरपुलविरुद्ध सिटीलाई चोटले सताउनेछ । यो सिजन उच्च लयमा रहेका बेल्जियन मिडफिल्डर केभिन डि ब्रुयनसँगै केल वाल्कर बेन्जामिन मेन्डी चोटका कारण टोलीमा हुनेछैनन् । तर, सिटीसँग ज्याक ग्रेसिल, रियाद महारेज, फिल फोडेन, गाव्रियल जेसस,बर्नाडो सिल्भा, रोड्री, इल्केए गुन्डोगान, एमेरिक लापोर्टा, जोओ क्यान्सेलो र गोलरक्षक इडर्सन मोराएस रहेका छन् ।

यसको ठीक विपरित लिभरपुल आफ्नो बलियो टोलीसहित मैदानमा उत्रनेछ । लयमा रहेका रोबर्टाे फिर्मिनो, डिएगो जोटा, साडियो माने, मोहम्मद सलाह, भर्जिल भान डाइक, फाविन्हो, जोडन हेन्डरसन, एन्ड्रिउ रोबर्टसन, ट्रेन्ट एलेक्सान्डर आर्नाेल्ड र गोलरक्षक उलिसन बेकर टोलीमा रहेका छन् ।

यि दुई टोलीको पछिल्लो दुई खेल बराबरीमा सकिएको छ । त्यसैले पनि यो खेल निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ । त्यसअघि सिटीले ७ फेब्रुअरी २०२१ म लिभरपुललाई उसकै मैदानमा ४–१ को भारी अन्तरले हराएको थियो ।

May 15, 2024

चन्द्रगढी सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोडचन्द्रगढी भेट्रान्स एफसी बिर्तामोडमा जारी स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको खेलमा झापाको झिलझिले भेट्रान्स एफसीलाई ४–२ गोल अन्तरले पराजित गर्दै चन्द्रगढी अन्तिम चारमा प्रवेश गरेको हो । खेलको आठौँ मिनेटमा झिलझिलेका कुमार जोशीले गोल गर्दै टिमलाई अग्रता दिलाए पनि चन्द्रगढीले गोल […]

May 15, 2024

एकता स्पोर्टिङ क्लबले मनायो एएफसी ग्रासरुट दिवस

हिमाल खरेल, बिर्तामोडझापाको बिर्तामोडमा रहेको एकता स्पोर्टिङ क्लबले किशोर खेलाडीहरुबीच ११ औं एएफसी ग्रासरुट दिवस मनाएको छ । क्लबले आदर्श मैदान एकेडेमी अफ स्पोर्टसको सहकार्यमा बिर्तामोड २ बेलडाँगीमा रहेको फुटबल टे«निङ सेन्टरमा ग्रासरुट दिवस मनाएको हो ।फुटबलको विकास ग्रासरुटबाट हुन आवश्यक छ भन्ने अवधारणाका साथ क्लबले दिवस मनाएको अध्यक्ष किरण पौडेलले जानकारी दिए । क्लबले […]

May 15, 2024

रियल म्याड्रिडको सानदार जित

एजेन्सी – लिग उपाधि जितिसकेको रियल म्याड्रिडले लालिगा अन्तर्गत गएराती सम्पन्न खेलमा देपोर्तिभो अलाभेस माथि सानदार जित दर्ता गरेको छ । रियलले अलाभेस माथि ५-० को फराकिलो जित निकालेको हो । खेलको १०औं मिनेटमा जुड बेलिङ्घमले रियाललाई अग्रता दिलाएका थिए । बक्स भित्रबाट उनले खेलेको क्रस गोलमा परिणत भएको थियो । २७औं मिनेटमा भिनिसियस जुनियरले […]

Success

Thank you for your time.