default_image

2 years ago

April 17, 2022

आर्सनल र टोटेनहमको हार

एजेन्सी – इंग्लिस प्रिमियर लिगको शीर्ष चारको दौडमा रहेको आर्सनल र टोटेनहम हटस्परले हार बेहोरेका छन् । आर्सनलले साउथह्याम्टनसँग १–० हार भोगेको हो । सेन्ट मेरिज स्टेडियम साउथह्याम्टनमा शनिबार राति भएको खेलमा घरेलु टोलीको जितमा पहिलो हाफमा जान बेडेनारकले गरेको गोल नै निर्णायक बन्यो । उनले ४४औं मिनेटमा मोहम्मेद इलयुनोउसीको पासमा गोल गर्न सफल भएका […]

93 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगको शीर्ष चारको दौडमा रहेको आर्सनल र टोटेनहम हटस्परले हार बेहोरेका छन् । आर्सनलले साउथह्याम्टनसँग १–० हार भोगेको हो ।

सेन्ट मेरिज स्टेडियम साउथह्याम्टनमा शनिबार राति भएको खेलमा घरेलु टोलीको जितमा पहिलो हाफमा जान बेडेनारकले गरेको गोल नै निर्णायक बन्यो । उनले ४४औं मिनेटमा मोहम्मेद इलयुनोउसीको पासमा गोल गर्न सफल भएका थिए ।

एक गोलले पछि परेको आर्सनलले त्यसपछि बल पोसेसन राख्दै घरेलु टोलीलाई लगातार दवाव बढाएपनि गोल गर्न नसक्दा पराजित हुन पुग्यो ।

यो हारसँगै चौथो स्थानमा उक्लने मौका गुमाएको आर्सनल ३१ खेलबाट ५४ अंक जोडेर छैटौं स्थानमा झरेको छ । साउथह्याम्टन ३९ अंक जोडेर १२औं स्थानमा उक्लन सफल भएको छ ।

प्रिमियर लिगकै अर्काे खेलमा टोटेनहम घरेलु मैदानमै ब्राइटनसँग १–० ले पराजित भएको छ । बराबरीतर्फ धकेलिएको खेलको इन्ज्युरी समयमा लियान्द्रो ट्रोससार्डले गोल गर्दै टोटेनहमलाई स्तब्ध पारे ।

यो हारसँगै चौथो स्थानमा रहेको टोटेनहमले तेस्रो स्थानको चेल्सीसँगको अंक दुरी छोट्याउने अवसर गुमाएको छ । अर्काे खेलका आर्सनलको हारले पनि टोटेनहमलाई राहत मिल्यो । टोटेनहम ३२ खेलबाट ५७ अंक जोडेर चौथो स्थानमा रहेको छ । टोटेनहमलाई हराएको ब्राइटन ४० अंक जोडेर १०औं स्थानमा रहेको छ ।

अन्य नजिता
म्यानचेस्टर युनाइटेडविरुद्ध नर्विच सिटी (–२) र वाट्फोर्डविरुद्ध ब्रेन्टफर्ड (१–)

May 3, 2024

नेपालको ब्रिटिश आर्मी विरुद्ध गोलरहित बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो खेलमा गोलरहित बराबरी खेलेको छ । एल्डरशट स्थित मिलिटरी स्टेडियममा भएको खेलमा नेपालले ब्रिटिश आर्मी टोली विरुद्ध गोलरहित बराबरी खेलेको हो । नेपाली टोली भिसा ढिलो आएका कारण अन्योलमा रहेको खेल अन्त्यमा तालिका अनुसार नै अघि बढेको थियो । खेल अवधिभर नेपाली टोली […]

May 3, 2024

समाज कल्याण र आरसी ३२को जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत शुक्रबार सम्पन्न खेलहरुमा समाज कल्याण खेलकुद केन्द्र र स्पोर्ट्स एकेडेमी साँगा विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा समाज कल्याणले साँगा माथि ५-० को फराकिलो जित दर्ता गरेको हो । समाज कल्याणको जितमा सुजन चौधरीले ह्याट्रिक पूरा गरे। यस्तै रोजल दाहालले […]

May 3, 2024

इङ्ल्यान्डमा नेपालको पहिलो खेल आज*

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । ब्रिटिश आर्मीको टोली विरुद्ध आज नेपाली टोलीले खेल्नेछ । भिसा प्रक्रियामा निकै ढिलो हुँदा एन्फाले टोलीका सदस्यलाई फरक-फरक समयमा विभिन्न विमानमा पठाउनु परेको थियो । टोली फरक-फरक समयमा इङ्ल्यान्ड पुगेको थियो भने केही खेलाडीहरू हिजो मात्र पुगेका थिए […]

Success

Thank you for your time.