default_image

3 years ago

April 21, 2022

पोग्बा रियल वा युभेन्ट्स जाने चर्चा

88 views

0 Bookmark

एजेन्सी – म्यानचेस्टर युनाइटेडका मिडफिल्डर पाउल पोग्बाले क्लब छाड्ने चर्चा फेरि सुरु भएको छ । सिजनको अन्त्यसँगै पोग्बाको युनाइटेडसँगको सम्झौता टुंगिदैछ । आउने सिजनका लागि उनी रियल म्याड्रिड वा युभेन्ट्स जाने सम्भावना बलियो रहेको बताइएको छ ।

सन् २०१६ मा युभेन्ट्सबाट युनाइटेड पुगेका उनी पुनः पुरानै क्लबमा फर्कन सक्ने चर्चा यसअघि पनि पटक पटक गरेको थियो । यो सिजनको अन्त्यसँगै उनी युभेन्ट्स नै जाने सम्भावना रहेको आंकलन पनि गरिएको छ । युभेन्ट्ससँगै रियल पनि उनी जान सक्ने अर्को क्लब हो । दुवै क्लबले उनका प्रतिनिधिसँग छलफल अघि बढाएको बताइएको छ ।

यद्दपी युनाइटेडमै रहने विषयलाई पोग्बाले पूर्ण रुपमा खारेज पनि गरेका छैनन् । युभेन्ट्समा फर्कने वा रियलमा जाने विषयमा यसअघि पनि चर्चा भएको थियो । दुवै क्लबले लगातार उनीमाथि चासो देखिइरहेका छन् । सम्भवत रियलले उनीलाई चर्को मुल्य लगाउन सक्नेछ ।

जोसे माउरिन्हो युनाइटेडको प्रशिक्षक हुँदा क्लबमा आबद्ध भएकै सिजन पोग्बाले काराबाओ कप र युरोपा लिग जितेका थिए । त्यसयता भने टोली उपाधि विहिन रहेको छ । पोग्बा सम्मिलित फ्रान्सेली टोलीले भने विश्व कप र द नेसन्स लिग जितेको थियो । पछिल्लो पटक युनाइटेडले नर्विचलाई ३–२ ले जितेको खेलमा समर्थकले उनलाई गिज्ज्याएका थिए ।

December 14, 2024

झापा कपमा आर्मीको विजयी सुरुवात

हिमाल खरेल,बिर्तामोड झापाको बिर्तामोडमा शनिवार सुरु भएको प्रथम झापा कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले विजयी सुरुवात गरेको छ । आर्मीले मोरङको एलएक्स सिटी एफसीलाई ३-० गोल अन्तरले पराजित गर्दै क्वार्टर फाइनलमा स्थान सुरक्षित गरेको हो । आर्मीका लागि राष्ट्रिय टिमका स्ट्राइकरसमेत रहेका नियमित खेलाडी जिलेस्पीजंग कार्की, दिशान्त राई, निरज चौधरीले गोल […]

December 14, 2024

झापा कपको उद्घाटन खेल-आर्मी र एलएक्स सिटी खेल्ने

हिमाल खरेल,बिर्तामोड झापा कपको उद्घाटन खेल आज त्रिभुवन आर्मी फुटबल क्लब र मोरङको एलएक्स सिटी फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । झापा ११ फुटबल क्लबको आयोजनामा हुन लागेको प्रतियोगितामा सिराहाको सलहेस युवा क्लब, एनआरटी फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, इटहरीको राष्ट्रिय जागृति क्लब सहभागी छनम । त्यस्तै, दार्जिलिङको जिटिए, काठमाडौं जिल्ला लिग च्याम्पियन चित्लाङ फुटबल क्लब, […]

December 12, 2024

एनएसएलको तेस्रो संस्करण चैतमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण यसै वर्षको‌ अन्त्यमा आयोजना हुनेभएको छ। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले आयोजना एनएसएल चैत १६ गते सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ। आज एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले एनएसएलका प्रबन्ध निर्देशक श्रेयांस कार्कीलाई एनएसएल‌ आयोजनाको अनुमतिपत्र […]

Success

Thank you for your time.