4 years ago
April 23, 2022
धनगढी (हाम्रो खेलकुद)– नेपाल पुलिस क्लबले प्रथम मुख्यमन्त्री विवाइसी महिला गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । धनगढी रंगशालामा शनिबार साँझ भएको फाइनलमा अर्को विभागिय टोली एपिएफ क्लबलाई १–० ले हराउँदै उपाधि जितेको हो ।
निर्मला विकको गोलमा पुलिस विजयी भएको यिथो । निर्मलाले इन्जुरी समयमा गोल गर्दै पुलिसलाई च्याम्पिपयन बनाएकी थिइन् । वनदेवी युवा क्लबले आयोजना गरेको प्रतियोगिताको विजेताले उपाधिसहित ५ लाख र दोस्रो एपिएफले २ लाख ५० हजार रुपैयाँ प्राप्त गरेको छ ।
चितवनमा राष्ट्रिय महिला लिगको पहिलो चरण खेलेर धनगढी पुगेका दुई विभागिय टोलीमा यसपटक पुलिसले बाजी मारेको छ । लिगमा एपिएफ अपराजित रहँदै शीर्षस्थानमा रहेर धनगढी पुगेको थियो ।
प्रतियोगितामा नेपाल पुलिस क्लबकी निर्मला विक सर्वोकृष्ट खेलाडी भईन् । उनले नगद ५० हजार सहित ट्रफी प्राप्त गरिन् । प्रतियोगिताका अधिकांश विधामा पुलिसकै दबदबा रह्यो । पुलिसकी पुजा राना उत्कृष्ट रक्षक, उषा नाथ उत्कृष्ट गोलरक्षक र सन्जिव जोशी उत्कृष्ट प्रशिक्षक भए । एपिएफकी सावित्रा भण्डारी सर्वाधिक गोलकर्ता र सरु लिम्बु उत्कृष्ट मिडफिल्डर भईन् । उनीहरुले जनही १० हजार सहित ट्रफी पाएका छन् ।
विजयी खेलाडीहरुलाई एक कार्यक्रमबा बीच पुरस्कार वितरण गरिएको छ । वनदेवी युवा क्लबा अध्यक्ष सुसन जोशीको अध्यक्षतामा भएको समापन समारोहका प्रमुख अतिथि सुदुरपश्चिम प्रदेश सरकारका भौतिक पुर्वाधार मन्त्री दिर्घवहादुर सोडारी रहेका थिए ।
विजयी खेलाडीहरुलाई सुदुरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश रावल, सुदुरपश्चिम प्रदेश खेलकुद परिषदका सदस्य सचिव दिपकवहादुर सिंह, ओलम्पीयन दिपक विष्ट लगायतले पुरस्कार वितरण गरे । वैशाख ३ गतेदेखि सुरु भएको प्रतियोगितामा ३ विभागियसहित ८ टोलीको सहभागिता थियो ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]