default_image

2 years ago

April 24, 2022

विक्रम एन्फा खेलाडी संघ अध्यक्ष निर्वाचित

171 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– थ्री स्टार क्लबका कप्तान विक्रम लामा अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गत खेलाडी संघको अध्यक्षमा निर्वाचित भएका छन् । विक्रमसहित पदाधिकारी र सदस्य निर्विरोध चयन भएका हुन् । खेलाडी संघको कार्यसमितिमा अधिकांश पदाधिकारी र सदस्य राष्ट्रिय टोलीका सदस्य छन् ।

खेलाडी संघको आइतबार भएको साधारण सभाले विराज महर्जन, सुजल श्रेष्ठ र विकेश कुथुलाई उपाध्याक्ष चयन गरेको हो । रञ्जित धिमाल, अनन्त तामाङ, विशाल राई, विमल घर्तीमगर, सरोज दहाल, रोहित चन्द र विशाल श्रेष्ठ सदस्य चयन भएका छन् ।

एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले निर्वाचित समितिलाई प्रशंसा पत्र दिनुका साथै बधाई दिएका थिए । अध्यक्ष विक्रम लामाले खेलाडीहरुको हक हितका लागि संघ सक्रिय रहने बताए ।

एन्फाको असार ६ गतेका लागि हुने निर्वाचनका लागि जिल्ला संघ, खेलाडी संघ, रेफ्री संघ, महिला संघ, प्रशिक्षक संघ, बी र सी डिभिजनको प्रतिनिधि छनोट चलिरहेको छ ।

May 15, 2024

रियल म्याड्रिडको सानदार जित

एजेन्सी – लिग उपाधि जितिसकेको रियल म्याड्रिडले लालिगा अन्तर्गत गएराती सम्पन्न खेलमा देपोर्तिभो अलाभेस माथि सानदार जित दर्ता गरेको छ । रियलले अलाभेस माथि ५-० को फराकिलो जित निकालेको हो । खेलको १०औं मिनेटमा जुड बेलिङ्घमले रियाललाई अग्रता दिलाएका थिए । बक्स भित्रबाट उनले खेलेको क्रस गोलमा परिणत भएको थियो । २७औं मिनेटमा भिनिसियस जुनियरले […]

May 15, 2024

टोटनहमलाई हराउँदै म्यानचेस्टर सिटी शीर्षस्थानमा

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि होडको दौड अन्तिम चरण सम्म रहने भएको छ‌। यो सिजन लिगको अन्तिम दिन मात्र उपाधिको टुंगो लाग्नेछ। शीर्षस्थानको म्यानचेस्टर सिटी र दोस्रो स्थानको आर्सनलबीच २ अंकको‌ अन्तर छ। इर्लिङ हालान्डले २ गोल गरेपछि मंगलबार टोटनहमलाई २-० ले हराउँदै सिटी शीर्षस्थानमा उक्लिएको हो।५१ औं मिनेटमा केभिन डि ब्रुएनेको‌ सानदार क्रसमा […]

May 14, 2024

टोटेनहम र म्यानचेस्टर सिटी भिड्दै

एजेन्सी – इंग्लिस प्रिमियर लिगको २०२३/२४ सिजनको उपाधिका लागि महत्वपूर्ण खेलमा आज म्यानचेस्टर सिटीले टोटेनहम हटस्परको घरेलु मैदानको यात्रा गर्दैछ । खेल आज राति १२:४५ बजे टोटेनहम हटस्पर स्टेडियममा सुरु हुनेछ । लगातार चार पटक उपाधि जित्ने लक्ष्यमा रहेको सिटीलाई आजको खेल जित्नै पर्ने दबाब छ । दोस्रो स्थानमा रहेको सिटी आर्सनल भन्दा १ अंकले […]

Success

Thank you for your time.