default_image

2 years ago

April 25, 2022

मेस्सीलाई करिअरको ३९ औं उपाधि

एजेन्सी – अर्जेन्टिनी फरवार्ड लिओनेल मेस्सीले व्यावसायिक करिअरको ३९ औं उपाधि जित्ने क्रममा फ्रान्सेली लिगको उपाधि जितेका छन् । लेन्सविरुद्ध बराबरी खेल्दै उपाधि जित्दा मेस्सीले पिएसजीका लागि एकमात्र गोल गरेका थिए । मेस्सीले जारी सिजन ४ प्रतियोगितामा प्रतिस्पर्धा गर्दा तीनमा भने उपाधि जित्न सकेनन् । सिजनको सुरुवातमा फ्रेन्च कप र फ्रान्सक सुपर कपमा हार बेहोरेको […]

87 views

0 Bookmark

एजेन्सी – अर्जेन्टिनी फरवार्ड लिओनेल मेस्सीले व्यावसायिक करिअरको ३९ औं उपाधि जित्ने क्रममा फ्रान्सेली लिगको उपाधि जितेका छन् । लेन्सविरुद्ध बराबरी खेल्दै उपाधि जित्दा मेस्सीले पिएसजीका लागि एकमात्र गोल गरेका थिए ।

मेस्सीले जारी सिजन ४ प्रतियोगितामा प्रतिस्पर्धा गर्दा तीनमा भने उपाधि जित्न सकेनन् । सिजनको सुरुवातमा फ्रेन्च कप र फ्रान्सक सुपर कपमा हार बेहोरेको पिएसजी च्याम्पियन्स लिगमा पनि रियल म्याड्रिडसँग पराजित भएको थियो । लिगमा भने टोलीले ४ खेल बाँकी रहँदै उपाधि पक्का गरेको हो ।

विश्व फुटबलमा सर्वाधिक उपाधि जित्ने कीर्तिमान भने ब्राजिलियन डिफेन्डर ड्यानी आल्भेसको नाममा रहेको छ । उनले हालसम्म करिअरमा ४२ उपाधि जितेका छन् । हाल बार्सिलोनामा खेलिरहेका आल्भेसले यस सिजन कुनै उपाधि नजित्ने पक्का भइसकेको छ ।

आफ्नो करिअरको अधिकांश समय बार्सिलोनामा बिताएका मेस्सीले १० पटक ला लिगा उपाधि जितेका थिए । ८ पटक स्पेनिस सुपर कप, ७ पटक कोपा डेल रे, ४ पटक च्याम्पियन्स लिग, ३ पटक क्लब विश्वकप तथा युरोपेली सुपर कप जितेका छन् । मेस्सीले अर्जेन्टिनाबाट सन् २००५ को यू२० विश्वकप, २००८ को ओलम्पिक स्वर्ण पदक तथा गत वर्ष कोपा अमेरिका जितेका थिए ।

आल्भेसको ४२ र मेस्सीको ३९ पछि उपाधि जित्ने सुचिमा आन्द्रेस इनिएस्टा र म्याक्सवेलले ३७ तथा जेरार्ड पिके र रायन गिग्स ३५ उपाधि जितेका छन् ।

November 28, 2023

चितवन र काठमाडौं पहिलो हाफमा गोलरहित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिगको दोस्रो संस्करण अन्तर्गत दशरथ रंगशालामा जारी खेलमा साविक विजेता काठमाडौं रेजर्स र एफसी चितवनले गोलरहित पहिलो हाफ खेलेका छन् । खेल प्रतिस्पर्धात्मक भएपनि कुनै टोलीले स्पष्ट मौका भने सिर्जना गर्न सकेका छैनन् । खेलको सुरुवातमै चितवनका विमल घर्ती मगरको थ्रु पासमा रफिक अमिनु पुग्नु अघि काठमाडौं गोलरक्षक अभिषेक […]

November 28, 2023

काठमाडौं र चितवनको भिडन्त आज

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिगको दोस्रो संस्करण अन्तर्गत आजको खेलमा काठमाडौंं रेजर्स र एफसी चितवन खेल्दैछन् । खेल साँझ ५:३० बजे दशरथ रंगशालामा सुरु हुनेछ । दुवै टोली आफ्नो दोस्रो खेल खेल्दैछन् । दुवै टोलीको पहिलो खेलको कथा भने फरक थियो । चितवनलाई धेरैले यस संस्करणको उपाधि दाबेदार मानेका छन् । तर पहिलो […]

November 27, 2023

एनएसएलको विदेशी गोलरक्षकमा इच्छा, नेपालीलाई उपेक्षा

सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय फुटबल टोलीका लागि गोलरक्षक किरण चेम्जोङले सबैभन्दा धेरै खेल खेलेका छन् । राष्ट्रिय टोलीको लागि १ सय खेल खेल्ने दुर्लभ उपलब्धि नजिक पुगेका उनी उमेरले ३४ वर्ष पुगिसकेका छन् । लामो समय किरणलाई राष्ट्रिय टोलीमा साथ दिएका विशाल श्रेष्ठ र विकेश कुथु पनि राष्ट्रिय टोलीबाट पछिल्लो समय बाहिर छन् । […]

Success

Thank you for your time.