default_image

3 years ago

April 25, 2022

चेल्सीका रुडीगर सित्तैमा रियल म्याड्रिड जाने

186 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब चेल्सीका जर्मन डिफेन्डर एन्टोनियो रुडीगर स्पेनिस क्लब रियल म्याड्रिडमा अनुबन्धित हुने भएका छन् । सिजनको अन्त्यसँगै चेल्सीसँग सम्झौता समाप्त भएपछि उनी रियल जानेछन् ।

२९ वर्षीय डिफेन्डरले यसअघि राख्दै आएको १२ मिलियन युरो प्रति सिजनको मागमा लचकता अपनाएसँगै रियलले सम्झौता गर्न राजी भएको हो । रियलसँगै युरोपका शीर्ष क्लबले पनि रुडीगरलाई नजरमा राख्दै आएका थिए । चेल्सीले सम्झौता नविकरण गर्ने अवस्था नभएपछि रुडीगरमाथि धेरैको चासो रहेको थियो । फ्री एजेन्ट भएकाले रुडीगर सित्तैमा रियल जानेछन् ।

रियल र रुडीगरबीच प्रारम्भिक सहमति भइसकेको छ । इटालियन संचारकर्मी फाब्रिजियो रोमानोका अनुसार यसै साता दुई पक्षबीच लिखित सहमति हुने सम्भावना छ । फिफाले सम्झौताको अन्तिम ६ महिना बाँकी रहँदा अन्य क्लबसँग सम्झौता गर्न पाउने नियम राखेको छ । यसअघि रियलले बायर्न म्युनिखबाट डेविड अलाबालाई पनि सित्तैमा अनुबन्ध गरेको थियो ।

इटालियन प्रशिक्षक कार्लो एन्चेलोटिले टोलीको डिफेन्स बलियो पार्न लामो समयदेखि उनलाई नजरमा राखेका थिए । रियालमा अलाबासँगै एडर मिलिसाओ, नाचो फर्नान्डेज र जेसस भालेहो टोलीमा रहेका छन् । च्याम्पियन्स लिगमा रुडीगरको उत्कृष्ट प्रदर्शनले पनि रियल उनलाई अनुबन्ध गर्न हतारिएको हो ।

चेल्सीका प्रशिक्षक थोमस टुचेलले पनि रुडीगरले क्लब छाड्ने पक्का भएको बताए । ‘उनले मलाई क्लब छाड्ने इच्छाबारे बताएका छन् । हामीले क्लबका लागि सक्दो प्रयास गरेका हौं । तर क्लबको अहिलेको अवस्था हेर्दा हामीले केहि गर्न सक्ने अवस्था छैन,’ उनले भने ।

December 15, 2024

लिभरपुल हारबाट जोगियो, आर्सनल पनि रोकियो

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा शनिवार शीर्षस्थानको लिभरपुल र तेस्रो स्थानको आर्सनलले अलग अलग खेलमा बराबरी खेलका छन् । खेलको अन्त्य तिर गोल फर्काउँदै लिभरपुल फुलह्यामसँग हारबाट जोगिएको हो । आर्सनलले एभर्टनसँग गोलरहित बराबरी खेलेको छ। १० खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको लिभरपुल दुई पटक खेलमा पछि परेर पनि बराबरी गर्न सफल रह्यो। लिभरपुलका […]

December 15, 2024

रियल म्याड्रिड रोकियो

एजेन्सी – रियल म्याड्रिड स्पेनिस ला लिगामा शनिवार रातो भालेसानोसँग ३-३ को बराबरीमा रोकिएको छ ।‌ बार्सिलोनासँग अंक बराबरी गर्दै शीर्ष स्थानमा जाने मौकालाई रियलले चुकाएको छ । खेलमा भालेसानोले २-० को अग्रता जोगाउन सकेन । भालेसानोका उनाइ लोपेज, अब्लुद मुमिन र इसी पालेजोन तथा रियलका फेडरिको भाल्भेर्डो, जुड बेलिङघम र रोड्रिगोले गोल गरे । लोपेजले […]

December 14, 2024

झापा कपमा आर्मीको विजयी सुरुवात

हिमाल खरेल,बिर्तामोड झापाको बिर्तामोडमा शनिवार सुरु भएको प्रथम झापा कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले विजयी सुरुवात गरेको छ । आर्मीले मोरङको एलएक्स सिटी एफसीलाई ३-० गोल अन्तरले पराजित गर्दै क्वार्टर फाइनलमा स्थान सुरक्षित गरेको हो । आर्मीका लागि राष्ट्रिय टिमका स्ट्राइकरसमेत रहेका नियमित खेलाडी जिलेस्पीजंग कार्की, दिशान्त राई, निरज चौधरीले गोल […]

Success

Thank you for your time.