3 years ago
April 25, 2022
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तरगतको एन्फा रेफ्री एसोसिएनमा बुद्धि बहादुर गुरुङ निर्वाचित भएका छन् । गुरुङ यसअघि पनि अध्यक्ष नै रहेका थिए ।
सोमबार भएको साधरणसभाले गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । श्रीराम रन्जितकार, विनोद केसी र मधु सुदन खनाल उपाध्यक्षमा निर्वाचित भएका छन् ।
शैलेश जोशी, विरेन्द्र बहादुर पाण्डे, नविन्द्र महर्जन, श्रवण कुमार तामाङ, प्रकाश नाथ श्रेष्ठ, प्रदिप कुमार बस्नेत, शुक्र तामाङ र सन्तोष गुरुङ सदस्यमा निर्वाचित भएका छन् । महिलाबाट कल्पना शर्मा निर्वाचित भइन् । निर्वाचनका लागि १३ जनाको आ–आफ्नो पदका लागि मात्रै उम्मेदवारी परेपछि निर्वाचन कमिटिले सबै उम्मेदवारलाई सर्वसम्मत घोषणा गरेको थियो ।
नव निर्वाचित कमिटिलाई एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले बधाई तथा शुभकामना प्रदान गरे । आगामी असार ६ गते हुने एन्फाको निर्वाचनका लागि अहिले जिल्ला फुटबल संघ, प्रशिक्षक समिति, खेलाडी संघको निर्वाचन भइरहेको छ । अब तीन जिल्ला र महिला समितिको निर्वाचन हुन बाँकी छ ।
December 14, 2024
हिमाल खरेल,बिर्तामोड झापाको बिर्तामोडमा शनिवार सुरु भएको प्रथम झापा कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले विजयी सुरुवात गरेको छ । आर्मीले मोरङको एलएक्स सिटी एफसीलाई ३-० गोल अन्तरले पराजित गर्दै क्वार्टर फाइनलमा स्थान सुरक्षित गरेको हो । आर्मीका लागि राष्ट्रिय टिमका स्ट्राइकरसमेत रहेका नियमित खेलाडी जिलेस्पीजंग कार्की, दिशान्त राई, निरज चौधरीले गोल […]
December 14, 2024
हिमाल खरेल,बिर्तामोड झापा कपको उद्घाटन खेल आज त्रिभुवन आर्मी फुटबल क्लब र मोरङको एलएक्स सिटी फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । झापा ११ फुटबल क्लबको आयोजनामा हुन लागेको प्रतियोगितामा सिराहाको सलहेस युवा क्लब, एनआरटी फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, इटहरीको राष्ट्रिय जागृति क्लब सहभागी छनम । त्यस्तै, दार्जिलिङको जिटिए, काठमाडौं जिल्ला लिग च्याम्पियन चित्लाङ फुटबल क्लब, […]
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण यसै वर्षको अन्त्यमा आयोजना हुनेभएको छ। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले आयोजना एनएसएल चैत १६ गते सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ। आज एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले एनएसएलका प्रबन्ध निर्देशक श्रेयांस कार्कीलाई एनएसएल आयोजनाको अनुमतिपत्र […]