9 years ago
December 8, 2016
हाम्रो खेलकुद (झापा) – झापामा जारी प्रथम शरणामती गोल्ड कपको चौथो दिन चर्च ब्वाइजले सशस्त्र प्रहरी बल पुर्वाञ्चललाई ४-१ ले हराएको छ । चर्च ब्वाइजको जितमा अरुण श्रेष्ठले ह्याट्रीक गरे ।


खेलको ८ मिनेटमा गोल गर्दै अरुणले चर्च ब्वाइजलाई अग्रता दिलाएका थिए भने ६ मिनेट पछी अजे मार्टिनले गोल गर्दै विजयी टोलिको अग्रता दोब्बर गरेका थिए । पहिलो हाल्फको २६औ मिनेटमा उज्जल चाम्लिङले बिपक्षिका जाजा गणेशलाई गरेको ट्याकलमा रातो कार्ड पाएपछी एपिएफ १० खेलाडिमा सिमित भयो ।
पहिलो हाल्फमा २ गोल र १ खेलाडिले फाइदामा रहेको चर्च ब्वाइजका लागी पुन: ६१ मिनेटमा अरुण श्रेष्ठले तेस्रो गोल गरे । त्यस्तै ‘म्यान अफ द म्याच’ श्रेष्ठले पेनाल्टि सदुपयोग गर्दै आफ्नु ह्याट्रीक पुरा गरे । प्रदिप चौधरिले मीचैन तामङलाई आफ्नै बक्समा लडाएपछी चर्च ब्वाइजले पेनाल्टी पाएको थियो । त्यसघी ७७ मिनेटमा हरि कार्कीले सशस्त्र प्रहरी बल पुर्वाञ्चलको लागी सान्त्वना गोल गरेका थिए ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]