default_image

2 years ago

April 29, 2022

विवादबारे छलफल गर्न एन्फा बैठकको माग

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्लुल्लाह अलमुताइरी र टोलीबाट निकालिएका १० खेलाडीको विवादका विषयमा छलफल गर्न वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्बाङसहित ४ जनाले अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमितिको बैठक राख्न माग गरेका छन् । एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पालाई शुक्रबार वरिष्ठ उपाध्यक्ष नेम्वाङ, उपाध्यक्ष कृष्ण बहादुर थापा, उपाध्यक्ष वीर बहादुर […]

47 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्लुल्लाह अलमुताइरी र टोलीबाट निकालिएका १० खेलाडीको विवादका विषयमा छलफल गर्न वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्बाङसहित ४ जनाले अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमितिको बैठक राख्न माग गरेका छन् ।

एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पालाई शुक्रबार वरिष्ठ उपाध्यक्ष नेम्वाङ, उपाध्यक्ष कृष्ण बहादुर थापा, उपाध्यक्ष वीर बहादुर खड्का र कार्यसमिति सदस्य दावा लामाले संयुक्त रुपमा बैठक राख्न माग गरेका हुन् ।

एसियन कप छनोट चरणको तयारीमा रहेका राष्ट्रिय फुटबल टिमका खेलाडीहरु र मुख्य प्रशिक्षक बीच उत्पन्न विवाद अत्यन्त संवेदनशील भएकोले तत्काल बैठक बसी निर्णय गर्नुपर्ने भएको हुँदा एन्फा कार्यसमितिको बैठक यथाशिघ्र बस्नका लागि अनुरोध गर्दैछौं, संयुक्त पत्रमा भनिएको छ ।

प्रशिक्षणमा रहेका खेलाडीलाई एन्फा होस्टलमा नभई होटलमा राख्नुपर्ने माग खेलाडीका तर्फबाट राखेका रोहित चन्दलाई अलमुताइरीले टोलीबाट निकालेपछि विवाद सुरु भएको थियो । अन्य ९ खेलाडीले रोहितका विषयमा छलफल गर्न खोज्दा अलमुताइरील उनीहरु पनि प्रशिक्षण छाडेर जान सक्ने बताएपछि विवाद झन चर्केको थियो ।

१० खेलाडीले बिहीबार संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै घटनाविवरण सार्वजनिक गरेका थिए । सोही दिन अलमुताइरीले भने अन्य १४ खेलाडीलाई प्रशिक्षणमा समावेश गरेका थिए ।

November 28, 2023

चितवन र काठमाडौं पहिलो हाफमा गोलरहित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिगको दोस्रो संस्करण अन्तर्गत दशरथ रंगशालामा जारी खेलमा साविक विजेता काठमाडौं रेजर्स र एफसी चितवनले गोलरहित पहिलो हाफ खेलेका छन् । खेल प्रतिस्पर्धात्मक भएपनि कुनै टोलीले स्पष्ट मौका भने सिर्जना गर्न सकेका छैनन् । खेलको सुरुवातमै चितवनका विमल घर्ती मगरको थ्रु पासमा रफिक अमिनु पुग्नु अघि काठमाडौं गोलरक्षक अभिषेक […]

November 28, 2023

काठमाडौं र चितवनको भिडन्त आज

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिगको दोस्रो संस्करण अन्तर्गत आजको खेलमा काठमाडौंं रेजर्स र एफसी चितवन खेल्दैछन् । खेल साँझ ५:३० बजे दशरथ रंगशालामा सुरु हुनेछ । दुवै टोली आफ्नो दोस्रो खेल खेल्दैछन् । दुवै टोलीको पहिलो खेलको कथा भने फरक थियो । चितवनलाई धेरैले यस संस्करणको उपाधि दाबेदार मानेका छन् । तर पहिलो […]

November 27, 2023

एनएसएलको विदेशी गोलरक्षकमा इच्छा, नेपालीलाई उपेक्षा

सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय फुटबल टोलीका लागि गोलरक्षक किरण चेम्जोङले सबैभन्दा धेरै खेल खेलेका छन् । राष्ट्रिय टोलीको लागि १ सय खेल खेल्ने दुर्लभ उपलब्धि नजिक पुगेका उनी उमेरले ३४ वर्ष पुगिसकेका छन् । लामो समय किरणलाई राष्ट्रिय टोलीमा साथ दिएका विशाल श्रेष्ठ र विकेश कुथु पनि राष्ट्रिय टोलीबाट पछिल्लो समय बाहिर छन् । […]

Success

Thank you for your time.