3 years ago
May 1, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले खेलाडी विवादबारे अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव इन्द्रमान तुलाधरलाई पत्र लेखेका छन् ।
राष्ट्रिय टोलीका खेलाडीले आफूहरुलाई प्रशिक्षक अलमुताइरीले पटक पटक क्याम्प छोड्न निर्देशन दिएको दावी गर्दै विहीबार पत्रकार सम्मेलन गरेका थिए । तर अलमुताइरीले आइतबार विहान महासचिव तुलाधरलाई पत्र लेख्दै खेलाडीले खबर नगरी क्याम्प छोडेको बताएका छन् । उनले पत्रमार्फत महासचिव तुलाधरलाई आफू खेलाडीले गरेको पत्रकार सम्मेलनले निकै दुख लागेको बताएका छन् ।
अलमुताइरीले खेलाडीले आफूलाई लगाएको आरोपका लागि उनीहरुलाई माफी दिएको र एन्फालाई कुनै कारवाही नगर्न आग्रह पनि गरेका छन् । उनले आफू राष्ट्रिय टोलीको प्रशिक्षकको रुपमा निरन्तर काम गर्न इच्छुक रहेको पनि बताएका छन् । उनले राष्ट्रिय टोलीको निर्माण गर्न पाउनु आफ्नो अधिकार रहेको र त्यसै अनुरुप एसियन कप छनोटका लागि भने बाहिर रहेका खेलाडीलाई नराख्ने प्रष्ट पारेका छन् । उनले एसियन कप छनोटमा जस्तोसुकै नतिजा आएपनि आफू जिम्मेवार रहने बताएका छन् ।
पत्र यसप्रकार छ :
खेलाडीहरुको पत्रकार सम्मेलनमा जारी गरिएको घटनाक्रम सहितको विज्ञप्ति :
December 14, 2024
हिमाल खरेल,बिर्तामोड झापाको बिर्तामोडमा शनिवार सुरु भएको प्रथम झापा कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले विजयी सुरुवात गरेको छ । आर्मीले मोरङको एलएक्स सिटी एफसीलाई ३-० गोल अन्तरले पराजित गर्दै क्वार्टर फाइनलमा स्थान सुरक्षित गरेको हो । आर्मीका लागि राष्ट्रिय टिमका स्ट्राइकरसमेत रहेका नियमित खेलाडी जिलेस्पीजंग कार्की, दिशान्त राई, निरज चौधरीले गोल […]
December 14, 2024
हिमाल खरेल,बिर्तामोड झापा कपको उद्घाटन खेल आज त्रिभुवन आर्मी फुटबल क्लब र मोरङको एलएक्स सिटी फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । झापा ११ फुटबल क्लबको आयोजनामा हुन लागेको प्रतियोगितामा सिराहाको सलहेस युवा क्लब, एनआरटी फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, इटहरीको राष्ट्रिय जागृति क्लब सहभागी छनम । त्यस्तै, दार्जिलिङको जिटिए, काठमाडौं जिल्ला लिग च्याम्पियन चित्लाङ फुटबल क्लब, […]
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण यसै वर्षको अन्त्यमा आयोजना हुनेभएको छ। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले आयोजना एनएसएल चैत १६ गते सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ। आज एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले एनएसएलका प्रबन्ध निर्देशक श्रेयांस कार्कीलाई एनएसएल आयोजनाको अनुमतिपत्र […]