default_image

2 years ago

May 5, 2022

बार्सिलोनामा नयाँ मेस्सीको खोजी

एजेन्सी – लियोनल मेस्सीले छाडेपछि बार्सिलोनाबाट जारी सिजनमा कुनै पनि खेलाडीले डाइरेक्ट फ्रिकिकमा गोल गर्न सकेका छैनन् । अघिल्लो सिजन मेस्सी बार्सिलोना छाडेर पेरिस सेन्ट जर्मेन (पिएसजी) गएका थिए । मेस्सीले बार्सिलोनाका लागि सन् २०२१ मे २ मा डाइरेक्ट फ्रिकिकमा गोल गरेका थिए । उनले बार्सिलोना छाडेयता ७ खेलाडीले फ्रिकिक प्रहार गरिसकेका छन् । मेम्फिस […]

105 views

0 Bookmark

एजेन्सी – लियोनल मेस्सीले छाडेपछि बार्सिलोनाबाट जारी सिजनमा कुनै पनि खेलाडीले डाइरेक्ट फ्रिकिकमा गोल गर्न सकेका छैनन् । अघिल्लो सिजन मेस्सी बार्सिलोना छाडेर पेरिस सेन्ट जर्मेन (पिएसजी) गएका थिए ।

messi barca

मेस्सीले बार्सिलोनाका लागि सन् २०२१ मे २ मा डाइरेक्ट फ्रिकिकमा गोल गरेका थिए । उनले बार्सिलोना छाडेयता ७ खेलाडीले फ्रिकिक प्रहार गरिसकेका छन् । मेम्फिस डिपेएलेले यो सिजन बार्सिलोनाका लागि सर्वाधिक फ्रिकिक प्रहार गरेका थिए ।

पछिल्ला केहि समय यता फ्रिकिक हान्ने खेलाडीमा परिवर्तन भइरहेका छन् । सबै खाले प्रतिस्पर्धामा गरि बार्सिलोनाका खेलाडीले १७ वटा फ्रिकिक प्रहार भएको छ । तर, कुनै पनि खेलाडीले फ्रिकिकमा गोल गर्न सकेका छैनन् ।

७ फरक खेलाडी
प्रशिक्षक जाभी हर्नान्डेजले फ्रिकिक प्रहारका लागि नयाँ खेलाडीको खोजी गरिरहेका छन् । मेम्फिसले सर्वाधिक ६, फेरान टोरेले ३, फिलिपे काउटिन्हो, जोर्डी अल्बा र ओस्माने डेम्बेलेले समान २ तथा जेरार्ड पिके र आन्सु फातीले समान १ पटक यो सिजन फ्रिकिक प्रहार गरेका थिए ।

डच फरवार्डले सुरुवाती दुई फ्रिकिक एथलेटिक क्लब र ग्रानाडाविरुद्ध फ्रिकिक प्रहार गरे । त्यस्तै काउटिन्होले काडिज र फातीले एथलेटिक म्याड्रिडसँगको खेलमा फ्रिकिक प्रहार गरेका थिए । मेम्फिसले अर्को दुई फ्रिकिक रियल म्याड्रिड र भ्यालेन्सियाविरुद्ध तथा काउटिनेले अलाभेजविरुद्ध फ्रिकिक हानेका थिए ।

जाभीले बार्सिलनोको प्रशिक्षक सम्हालेयता सुरुवाती ३ फ्रिकिकमा अल्बाले २ र पिकेले एक फ्रिकिक हानेका थिए । फेरानले नेपोली र एलेटिक तथा डेम्बेले र मेम्फिजले पछिल्ला खेलमा फ्रिकिक हानेका थिए ।

April 29, 2024

मनोहरा र खालीबारी विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिगमा सोमबार सम्पन्न खेलमा मनोहरा युनाइटेड युथ क्लब खालीबारी युथ क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा मनोहराले सानेपा क्लब माथि २-१ को जित निकाल्यो । मनोहराका लागि विवस मगर र लिला बहादुर थापा मगरले एक-एक गोल गरे । यस्तै निराजन जंग […]

April 29, 2024

मानेभन्ज्याङ आदर्श च्यालेन्ज कपको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोडधरान एफसीमाथि सहज जित निकाल्दै पाहुना टोली भारतको मानेभन्ज्याङ एफसी झापाको बुधबारेमा जारी तेस्रो आदर्श च्यालेन्ज कपको सेमिफाइनलमा प्रवेश गरेको छ । मानेभन्ज्याङले धरान एफसीमाथि सोमबार ५–१ गोलको नतिजामा जित हात पारेको हो । खेल सुरु भएको ५ मिनेटमै मानेभन्ज्याङले गोल गर्दै अग्रता लिएको थियो । मानेभन्ज्याङका करण राईले १८ यार्डको दूरीबाट प्रहार […]

April 29, 2024

मध्यपुर थिमि गोदावरी मेयर कपको क्वाटरफाइनलमा

ललितपुर (हाम्रो खेलकुद )- मध्यपुर थिमि नगरपालिका गोदावरीमा जारी प्रथम उपत्यकाव्यापी अन्तर पालिका खुल्ला मेयर कप फुटबल प्रतियोगिताको क्बार्टरफाइनलमा प्रवेश गरेको छ । गोदावरी १० टाहाखेल–झ्यालुन्टारस्थित प्रस्तावित गोदावरी बहुउद्देश्यीय रंगशाला सोमबार भएको एक मात्र खेलमा टोखा नगरपालिकालाई ४–० ले हराउँदै मध्यपुर थिमिले अन्तिम आठमा पुगेको हो । मध्यपुरको जितमा रोहन खड्गीले ह्याट्रिक पूरा गरे भने […]

Success

Thank you for your time.