default_image

2 years ago

May 8, 2022

उपाधि दौडको लिभरपुल हारबाट जोगियो

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल हारबाट जोगिएको छ । लिभरपुलले घरेलु मैदानमा टोटेनहम हटस्परसँग १–१ गोलको बराबरी खेलेको हो । एनफिल्डमा शनिबार राति भएको खेलमा टोटेनहमका ह्युङ मिन सनले गोल गर्दा घरेलु टोलीका लागि लुइस डियाजले बराबरी गोल फर्काए । प्रतिस्पर्धात्मक बनेको खेलको ५६औं मिनेटमा सनको गोलबाट टोटेनहमले सुरुवाती अग्रता लिन […]

47 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल हारबाट जोगिएको छ । लिभरपुलले घरेलु मैदानमा टोटेनहम हटस्परसँग १–१ गोलको बराबरी खेलेको हो ।

एनफिल्डमा शनिबार राति भएको खेलमा टोटेनहमका ह्युङ मिन सनले गोल गर्दा घरेलु टोलीका लागि लुइस डियाजले बराबरी गोल फर्काए ।

प्रतिस्पर्धात्मक बनेको खेलको ५६औं मिनेटमा सनको गोलबाट टोटेनहमले सुरुवाती अग्रता लिन सफल भएको थियो । उनले रेयान सेसेग्ननको पासमा गोल गर्न सफल भएका थिए ।

७४औं मिनेटमा लुइस डियाजले बराबरी गोल फर्काए । उनले थियागो अलकान्तराको पासलाई सदुपयोग गरेका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा खेल बराबरीमा टुंगियो ।

यो बराबरीपछि लिभरपुल शीर्षस्थानमा उक्लिएपनि अंक दुरीलाई बढाउन सकेन । बराबरीले लिभरपुललाई धक्का लागेको छ । लिभरपुलको ३६ खेलबाट ८३ अंक छ । समान ८३ अंक नै रहेपनि म्यानचेस्टर सिटीले एक खेल कम खेलेको छ । टोटेनहम ३५ खेलबाट ६२ अंक जोडेर पाँचौ स्थानमा रहेको छ ।

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.