3 years ago
May 12, 2022
एजेन्सी – फरवार्ड मासन माउन्टले एक गोलसँगै एक असिस्ट दिएपछि शीर्ष चारको दौडमा रहेको लन्डन क्लब चेल्सीले इंग्लिस प्रिमियर लिगमा सानदार जित निकालेको छ ।
चेल्सीले १० खेलाडीमा समेटिएको लिड्स युनाइटेडलाई उसकै मैदानमा ३–० ले पराजित गरेको हो । चेल्सीको जितमा मासन माउन्ट, क्रिस्टियन पुलिसिस र रोमेलु लुकाकुले गोल गरे । चेल्सीले पहिलो हाफमा एक तथा दोस्रो हाफमा दुई गोल गर्न सफल भएको थियो ।
एलान्ड रोडमा बुधबार राति भएको खेलको चौथो मिनेटमा मासन माउन्टको गोलबाट चेल्सीले सुरुवाती अग्रता लिन सफल भएको थियो । उनले रिस जेम्सको पासमा गोल गर्न सफल भएका थिए ।
२४औं मिनेटमा घरेलु टोली लिड्स १० खेलाडीमा समेटिदा चेल्सीलाई जित निकाल्न थप सहज भएको थियो । ड्यानियल जेम्स सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि घरेलु टोली लिड्स समस्यामा पर्दा त्यसको फाइदा चेल्सीले उठाउन सफल भयो ।
५५औं मिनेटमा क्रिस्टियन पुलिसिसले गोल गर्दै चेल्सीको अग्रता दोब्बर पारे । उनले मासन माउन्टको पासमा गोल गर्न सफल भएका थिए । ८३औं मिनेटमा रोमेलु लुकाकुले हाकिम जियाचको पासमा गोल गर्दै चेल्सीको सहज जित पक्का गरे ।
यो जितसँगै तेस्रो स्थानमा रहेको चेल्सीको ३६ खेलबाट ७० अंक पुगेको छ । एक खेल कम खेलेको आर्सनलको ६६ अंक छ । पराजित लिड्सलाई रेलिगेसन दवाव बढेको छ । लिड्स ३४ अंक जोडेर १८औं स्थानमा रहेको छ ।
प्रिमियर लिगकै अर्काे खेलमा लेस्टर सिटीले नर्विच सिटीलाई ३–० ले पराजित गर्दा वाट्फोर्ड र एभर्टनले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।
December 14, 2024
हिमाल खरेल,बिर्तामोड झापाको बिर्तामोडमा शनिवार सुरु भएको प्रथम झापा कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले विजयी सुरुवात गरेको छ । आर्मीले मोरङको एलएक्स सिटी एफसीलाई ३-० गोल अन्तरले पराजित गर्दै क्वार्टर फाइनलमा स्थान सुरक्षित गरेको हो । आर्मीका लागि राष्ट्रिय टिमका स्ट्राइकरसमेत रहेका नियमित खेलाडी जिलेस्पीजंग कार्की, दिशान्त राई, निरज चौधरीले गोल […]
December 14, 2024
हिमाल खरेल,बिर्तामोड झापा कपको उद्घाटन खेल आज त्रिभुवन आर्मी फुटबल क्लब र मोरङको एलएक्स सिटी फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । झापा ११ फुटबल क्लबको आयोजनामा हुन लागेको प्रतियोगितामा सिराहाको सलहेस युवा क्लब, एनआरटी फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, इटहरीको राष्ट्रिय जागृति क्लब सहभागी छनम । त्यस्तै, दार्जिलिङको जिटिए, काठमाडौं जिल्ला लिग च्याम्पियन चित्लाङ फुटबल क्लब, […]
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण यसै वर्षको अन्त्यमा आयोजना हुनेभएको छ। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले आयोजना एनएसएल चैत १६ गते सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ। आज एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले एनएसएलका प्रबन्ध निर्देशक श्रेयांस कार्कीलाई एनएसएल आयोजनाको अनुमतिपत्र […]