4 years ago
May 12, 2022
एजेन्सी – यसै वर्ष कतारमा आयोजना हुने फिफा विश्वकप २०२२ अन्तरगत दक्षिण अमेरिकी छनोटको ब्राजिल र अर्जेन्टिनाबीचको खेल पुनः स्थगित भएको छ ।

अष्ट्रेलियाको मेलवर्नमा ११ जुनमा तय भएको खेलका लागि अर्जेन्टिना टिमलाई जान अनुमती नदिएपछि स्थगित भएको हो । तर अर्जेन्टिना टिमले भने यो बिषयमा कुनै प्रतिक्रिया जनाएको छैन । ब्राजिल फुटबल फेडेरसनका अनुसार खेल स्थगित भएको छ । यस खेलका लागि भिक्टोरिया सरकारले टिकट बिक्री सुरु गरिसकेको थियो ।
कतार विश्वकप छनोट अन्तर्गत अन्तिम समयमा स्थगित भएको खेल अष्ट्रेलियाको मेलबर्नमा अर्को महिना हुने तय भएको थियो । यो खेल मेलबर्नमा हुने तय भएसँगै स्थानीय सरकारले खेलको टिकट बिक्रि खुल्ला गरेको थियो । जसमा ६० हजार टिकट बिक्रि भइसकेको भिक्टोरिया सरकारले जनाएको छ ।
अहिले खेल स्थगित हुँदा आयोजकलाई ठूलो घाटा हुने भिक्टोरियाको खेलकुद मन्त्रालयले जनाएको छ । ब्राजिल र अर्जेन्टिनाले मेलबर्नमा पाँच बर्षअघि नै सुपर क्लासिको खेलेका थिए । जसमा ९५ हजार दर्शकको उपस्थिति रहेको थियो ।
यता फिफाले भने गत सेप्टेम्बरमा स्थगित भएको छनोट खेल जसरी पनि खेल्नुपर्ने बताएको छ । त्यो बेला अर्जेन्टिनाका खेलाडीले कोभिडका नियम उलंघन गरेको भन्दै खेल सुरु भएको केहि मिनेटमा नै रोकिएको थियो । पुन स्थगित भएसँगै अब यो खेल कहिले हुन्छ, त्यो अन्योल बनेको छ । कतार विश्वकपका लागि दुवै टोली छनोटमा पहिलो र दोस्रो भए र छनोट भइसकेका छन्।
छनोटमा १७ खेल खेल्दा ब्राजिले १४ मा जित र तीन बराबरी खेलेको थियो । अर्जेन्टिनाले ११ मा जित र ६ बराबरी खेलेको थियो । दक्षिण अमेरिकी छनोटमा एक टिमले कुल १८ खेल खेल्नुपर्ने हुन्छ । तर खेल स्थगित हुँदा ब्राजिल र अर्जेन्टिनाले १७–१७ खेल मात्र खेलेका छन् ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]