4 years ago
May 14, 2022
एजेन्सी – लगातार चोटसँग जुधिरहेका स्पेनिस मिडफिल्डर सेस फाव्रिगासले फ्रेन्च लिग वान टोली मोनाको छाड्ने निर्णय गरेका छन् । उनले यो सिजनको अन्त्यसँगै मोनाको छाड्ने पुष्टि गरेको हो ।

क्याटलान क्लब बार्सिलोनाका पुर्व मिडफिल्डर फाव्रिगासले ५ वर्ष लन्डन क्लब चेल्सीमा बिताएपछि २०१९ मा मोनाको पुगेका थिए ।
‘यो निश्चित छ कि यो मोनाकोसँगको साथको अन्त्य हुँदैछ । मेरो सम्झौता जुनमा सामप्त हुन्छ र म नयाँ सुरुवात विन्दु खोज्दैछु ।’ फ्राव्रिगासले भने, ‘तर, यो वर्ष यति खराब रह्यो कि म यो करियर बनाएपछि यसरी सन्यास लिन सक्दिन । म खेल जारी राख्न चाहन्छु ।’
स्पेनसँग एक विश्वकप र दुई युरोपेली च्याम्पियनसिप जितेका साथै बार्सिलोनासँग क्लब स्तरमा सबै सम्भावित उपाधि जितेका सेस्कले आफ्नो करियर कहाँ जारी राख्ने भन्ने खुलाएका छैनन् । ‘यो एउटा राम्रो परियोजना खोज्ने र त्यसलाई पूरा गर्ने बारेमा मात्र हो ।’ उनले भने, यस वर्ष मैले धेरै पीडा भोगेको छु र यो मानसिक स्तरमा गाह्रो छ । तपाईं बलियो रहनु पर्छ ।’
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]