default_image

2 years ago

May 14, 2022

एमबाप्पेको रियल म्याड्रिडबाट खेल्ने सपनामा पिएसजी तगारो

एजेन्सी – फ्रान्सेली युवा स्टार केलियन एमबाप्पेले बाल्यकालदेखि नै स्पेनिस क्लब रियल म्याड्रिडमा खेल्ने सपना देख्दै आएका छन्, जुन उनले आफ्नो कमिकमा पूर्ण रूपमा व्याख्या गरेका छन् । हाल पिएसजीसँग सम्झौता अन्तिम चरणमा छ । उनले चाहने हो भने रियल म्याड्रिडसँग सम्झौता गरेर घोषणा गर्न पनि पाउनेछन् । तर त्यसो हुन सकिरहेको छैन । अझ […]

56 views

0 Bookmark

एजेन्सी – फ्रान्सेली युवा स्टार केलियन एमबाप्पेले बाल्यकालदेखि नै स्पेनिस क्लब रियल म्याड्रिडमा खेल्ने सपना देख्दै आएका छन्, जुन उनले आफ्नो कमिकमा पूर्ण रूपमा व्याख्या गरेका छन् ।

हाल पिएसजीसँग सम्झौता अन्तिम चरणमा छ । उनले चाहने हो भने रियल म्याड्रिडसँग सम्झौता गरेर घोषणा गर्न पनि पाउनेछन् । तर त्यसो हुन सकिरहेको छैन । अझ फ्रान्सेली संचारमाध्यमका खबर मान्ने हो भने, एमबाप्पेले चाहेर पनि रियल म्याड्रिड जान सकिरहेका छैनन् ।

स्पेनिस पत्रिका मार्काका मारियो कोर्टगानाले एम्बापपेको स्थितिलाई यसरी बयान गर्छन् । ‘एमबाप्पे रियल म्याड्रिड जानेमा अझैपनि निर्णय लिन सकिरहेका छैनन् भन्ने सुनिन्छ । तर त्यो निर्णय लिन नसक्नु आफैंमाथि धेरै प्रश्न गरेर हो जस्तो मलाई लाग्छ । उनलाई निर्णय लिन कठिन भएको भन्दापनि अर्को चुनौतीको सामना गर्न डर लागेको हुनुपर्छ । एमबाप्पे रियल म्याड्रिड जानु भनेको फुटबल इतिहासमा नै नयाँ आयाम आउनु हो । यो पक्कै सहज भने छैन ।’

मार्काले नै यसअघि जनाए अनुसार एमबाप्पे र उनको परिवारलाई फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन तथा कतारबाट पनि दबाब छ । फ्रान्सेली फुटबल महासंघसँग पनि एमबाप्पेको राम्रो सम्बन्ध छैन र उनको रियल जाने निर्णयले त्यसलाई थप असर गर्नेछ ।

२३ वर्षीय एमबाप्पेले आफ्नो परिवारका लागि पनि थप सोच्न बाध्य भएका छन् । एमबाप्पेसँगै उनको परिवारले पनि अत्याधिक दवाव खेप्नुपरेको छ । विशेषगरी एमबाप्पेको भाई इथन पीएसजीको पहिलो टोलीमा डेब्यु गर्ने संघारमा छन् । एमबाप्पे र उनको परिवारले पिएसजीको प्रस्ताव सुनेपनि रियल म्याड्रिड नै जाने मनसाय बनाएका छन् ।

पोर्चुगिज लुइस फिगोको रियल म्याड्रिड ट्रान्सफर र एमबाप्पेको अहिलेको अवस्था झन्डै उस्तै छ । एउटा भिन्नता भनेको एमबाप्पेले २३ वर्षको उमेरमा यसबाट गुज्रिरहेका छन् । तर फिगोले निकै विवादपछि रियल म्याड्रिड आएर पनि बारम्बार पछुतो नभएको स्वीकार गरेका छन् ।

फिगोलाई चाँडै थाहा भयो कि उक्त ट्रान्सफर राम्रोको लागि थियो । रियल म्याड्रिड अर्को आयामको क्लब हो । फिगोपछि जिनेदिन जिदान, रोनाल्डो नाजारियो, डेभिड बेकह्याम, क्रिस्टियानो रोनाल्डो, करिम बेन्जेमा र ग्यारेथ बेल उनकै पाइला पछ्याए ।

रियल म्याड्रिड अब एमबाप्पेलाई गुमाउन चाहदैन । एर्लिङ हालान्ड म्यानचेस्टर सिटीमा अनुबन्धित भइसकेको अवस्थामा अब बजारमा फरवार्ड उपलब्ध छैनन् ।

एमबाप्पे सधैं रियल म्याड्रिडको प्राथमिकतामा रहेका छन् । जब एमबाप्पेको अनुमति आउँछ, रियलले सान्टियागो बर्नाबेउमा खेलाडी सार्वजनिक गर्दाको उपस्थितिको रेकर्ड तोड्ने हिसाबमा ऐतिहासिक समारोह तयार गर्नेछन् ।

पीएसजीले रियल म्याड्रिडको हैसियतमा पुग्न पटक पटक असफल प्रयास गरेको छ । यस बीचमा संक्रमणकालमा रहेको रियल म्याड्रिडले पछिल्ला तीन ला लिगा मध्ये दुई जितेको छ । गत सिजन च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको टोली यस वर्ष फाइनलमा लिभरपुलको सामना गर्दैछ ।

एमबाप्पे रियल जाने प्रतीक्षामा छन् । फिगोले बार्सिलोना छाड्ने जोखिम लिनु र जिदानले युभेन्टस छोड्नुको कारण पनि रियल म्याड्रिड नै थियो । अध्यक्ष फ्लोरेन्टिनो पेरेजलाई थाहा छ, एमबाप्पे रियल म्याड्रिडबाट खेल्नको लागि जन्मेका थिए । यो उनको सपना हो, र सपना साकार हुन्छ ।

मार्काको सहयोगमा

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्धको एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधवार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप गुआर्डिओलाले […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १–० ले पछि परेको स्थिति उल्ट्याएर अल फयामाथि ३–१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले दुई तथा अब्दुलेह अल एम्रीले एक गोल गरे । अल फयाका फेसन […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.