4 years ago
May 15, 2022
एजेन्सी – फरवार्ड लियोनेल मेस्सी र केलियन एमबाप्पे चम्किएको खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गरेको छ ।

यो सिजनको लिग वान च्याम्पियन बनिसकेको पिएसजीले घरेलु टोली मोन्टपेलिएरलाई ४–० ले पराजित गरेको हो । पिएसजीको जितमा मेस्सीले दुई गोल गर्दा केलियन एमबाप्पेले दुई असिस्टसँगै एक गोल गरे । एक गोल एन्जल डि मारियाको नाममा रह्यो ।
मोन्टपेलिएरमा शनिबार राति भएको खेलको छैटौं मिनेटमा मेस्सीको गोलबाट अग्रता बनाएको थियो । उनले एमबाप्पेको पासलाई सदुपयोग गरेका थिए । २०औं मिनेटमा एमबाप्पेकै पासमा मेस्सीले व्यक्तिगत र टोलीको लागि दोस्रो गोल गर्दै अग्रता दोब्बर पारे ।

२६औं मिनेटमा एन्जल डि मारियाले गोल गरेपछि पिएसजी पहिलो हाफमा ३–० ले अघि बढ्यो । ६०औं मिनेटमा अघिल्लो दुई गोलमा असिस्ट दिइसकेका एमबाप्पेले पेनाल्टीमा गोल गर्दै पिएसजीको फराकिलो जित पक्का गरे ।
यो जितसँगै च्याम्पियन बनिसकेको पिएसजीको ३७ खेलबाट ८३ अंक पुगेको छ । पिएसजीले दोस्रो स्थानको मोनाकोलाई १५ अंकले पछि पारेको छ । पराजित मोन्टपेलिएर ४३ अंक जोडेर १३औं स्थानमा रहेको छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]