एजेन्सी – सुरुवाती दुई गोलको अग्रता जोगाउन नसक्दा युभेन्ट्स इटालियन सिरी ‘ए’ मा बराबरीमा रोकिएको छ । युभेन्ट्स घरेलु मैदानमा लाजियोसँग २–२ गोलको बराबरीमा रोकिएको हो ।

एलिएन्ज स्टेडियम टोरिनोमा सोमबार राति भएको खेलमा घरेलु टोलीका डुसान भ्लाहोभिच र अल्भारो मोराटाले गोल गर्दा लाजियोका सेर्गेज मिलिन्किोभिच साभिकले गोल गर्दा एक गोल उपहार पाएको थियो ।
खेलको १०औं मिनेटमा डुसान भ्लाहोभिचको गोलबाट युभेन्ट्सले सुरुवाती अग्रता लिएको थियो । उनले मोराटाको पासमा हेडमार्फत गोल गर्न सफल भएका थिए । ३६औं मिनेटमा मोराटाले जुआन कोर्डाडोको पासमा गोल गर्दै युभेन्ट्सको अग्रता दोब्बर पारे ।
दोस्रो हाफ भने लाजियोको पक्षमा रह्यो । ५१औं मिनेटमा एलेक्स सान्द्रोले आत्मघाती गोल गरेपछि लाजियोले अेलमा फर्कने संकेत ग¥यो । त्यसपछि युभेन्ट्स इन्ज्युरी समयमा सम्हालिन नसक्दा जितबाट वञ्चित बन्यो । इन्ज्युरी समयकोे थप गरिएको छैटौं मिनेटमा सेर्गेज मिलिन्किोभिच साभिकले गोल गर्दै युभेन्ट्सलाई जितबाट वञ्चित गराए ।
यो बराबरीसँगै अंक तालिकामा कुनै परिवर्तन भएको छैन । युभेन्ट्स ३७ खेलबाट ७० अंक जोडेर चौथो स्थानमा रहँदा लाजियो ६३ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।