default_image

2 years ago

May 17, 2022

मेस्सीले शेयर किनेपछि मायमीबाट खेल्ने चर्चा

एजेन्सी – सुपर स्टार लिओनल मेस्सीले भविष्यमा एमएलएस टोली इन्टर मायमीबाट खेल्नुअघि नै क्लबको ३५ प्रतिशत सेयर किन्ने सम्भावना रहेको बताइएको छ । पेरिस सेन्ट जर्मेन (पिएसजी) सँग मेस्सीको अहिलेको सम्झौता सन् २०२३ मा समाप्त हुनेछ । आर्थिक संकटबाट गुज्रिरहेको बार्सिलोनामा सम्झौता नविकरण नभएपछि मेस्सी जारी सिजनको सुरुवातमा पिएसजी पुगेका थिए । जहाँ उनले २ […]

87 views

0 Bookmark

एजेन्सी – सुपर स्टार लिओनल मेस्सीले भविष्यमा एमएलएस टोली इन्टर मायमीबाट खेल्नुअघि नै क्लबको ३५ प्रतिशत सेयर किन्ने सम्भावना रहेको बताइएको छ । पेरिस सेन्ट जर्मेन (पिएसजी) सँग मेस्सीको अहिलेको सम्झौता सन् २०२३ मा समाप्त हुनेछ ।

आर्थिक संकटबाट गुज्रिरहेको बार्सिलोनामा सम्झौता नविकरण नभएपछि मेस्सी जारी सिजनको सुरुवातमा पिएसजी पुगेका थिए । जहाँ उनले २ वर्षको सम्झौता गरेका थिए । अहिलेको सम्झौता टुंगिएपछि उनको नयाँ गन्तव्य एमएलएस हुने अनुमान गरिएको छ । पत्रकार एलेक्स कानडालले मेस्सीे पिएसजीसँगको सम्झौताको अन्त्यपछि इन्टर मायमी जाने बताएका छन् । कानडाका अनुसार मेस्सी मायमीको ३५ प्रतिशत सेयर किन्ने विषयमा तयारी गरिरहेका छन् ।

‘मेस्सी अहिले पनि विश्वका नम्बर एक खेलाडी हुन् । उनको क्षमता अझै घटेको छैन,’ इन्टर मायमीका सहमालिक समेत रहेका कार्यकारी निर्देशक जर्ज मासले फेब्रुअरीमा भनेका थिए,‘ डेभिड बेकह्यामसँगको उनको सम्बन्धका आधारमा मलाई विश्वास छ पिएसजी छाडेको अवस्थामा उनी हाम्रो क्लब र समुदायको हिस्सा हुनेछन् ।’

के यो सम्भव छ भन्ने प्रश्नमा मासले भनेका थिए, ‘हामी त्यसका लागि प्रयास गर्नेछौं । हामी सकारात्मक छौं र त्यो सम्भव छ ।’

मेस्सीको एमएलएस सम्भावना

मेस्सीले केहि वर्षअघि भविष्यमा व्यवसायिक फुटबल खेल्नका लागि अमेरिका जान सक्ने बताएका थिए । ‘म आफ्नो अनुभव बाड्नका लागि अमेरिका जाने विषयमा सोचिरहेको छु । तर अहिले होइन,’ सन् २०२० मा मेस्सीले भनेका थिए ।

गत वर्ष मेस्सीका पूर्व सहकर्मी लुइस स्वारेज इन्टर मायमी जाने चर्चा चलेको थियो । अहिले पनि फ्रि एजेन्ट रहेका सुआरेजसँगै अर्को सिजन सर्जियो बुस्केटस् र जोर्डी अल्बा अमेरिका जाने चर्चा रहेको छ । मायमीमा अहिले पनि गोन्जालो हिगुइन र ब्लेसी माटुडी जस्ता स्टार खेलाडी रहेका छन् । यद्दपी दुवै जनाको सम्झौता यो वर्षको अन्त्यमा टुंगिदैछ ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.