default_image

2 years ago

May 19, 2022

बार्सिलोनाका फरवार्डद्धारा सन्न्यास घोषणा

113 views

0 Bookmark

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका फरवार्ड पिएर एमरिक औवामियाङले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । उनले गावोनको राष्ट्रिय टोलीबाट सन्न्यास लिएको पुष्टि गरेका छन् ।

झन्डै १३ वर्ष गावोनको राष्ट्रिय टोलीबाट खेलेका उनी पछिल्लो समय टोलीको कप्तानीसमेत रहेका थिए । ‘१३ वर्ष गावोनको राष्ट्रिय टोलीबाट खेलिसकेको छु । अब मैले बिदा लिने बेला भएको छ । म मेरो अन्तर्राष्ट्रिय करिअर समाप्तीको घोषणा गर्दैछु ।’ ३२ वर्षीय औवामियाङले भने, ‘म गावोनी जनता र सबैलाई भन्यवाद दिन चहान्छु, जसले मलाई खराव समयहरुमा पनि निकै राम्रो साथ दिए । म रोमनिस्पोर्ट्समा डेब्यु गरेको दिन, वा म फर्केको दिनको धेरै राम्रा सम्झनाहरू राख्नेछु ।’

‘म हाम्रो राष्ट्रपति, अली बोङ्गो ओन्डिम्बालाई धन्यवाद दिन्छु जसले सधैं प्यान्थर्सलाई समर्थन गर्नुभएको छ र सधैं हाम्रो देशमा फुटबलको विकासको लागि काम गर्नुभएको छ । म मेरा सबै प्रशिक्षकहरूलाई पनि धन्यवाद दिन चाहन्छु ।, स्टाफ र खेलाडीहरू जुन मैले यो करियरमा भेटेको छ ु। “अन्तमा, म मेरो बुबालाई धन्यवाद दिन्छु जसले मलाई उहाँ जस्तै गर्ने इच्छा दिनुभयो, उहाँलाई हाम्रो रंग लगाएर गर्व गर्नुहुनेछ ।’ औवामियाङले लेखेको पत्रमा उल्लेख छ ।

बार्सिलोना फरवार्ड औवामियाङले गावोनको राष्ट्रिय टोलीबाट ७२ क्याप जित्दा ३० अन्तर्राष्ट्रिय गोल गरेका छन् । वर्षको सुरुवातमा अफ्रिका कप अफ नेसन्सको समूह चरणबाटै बाहिरिएपछि उनले अन्तर्राष्ट्रिय खेलबाट सन्न्यास लिदै क्लब फुटबलमा ध्यान केन्द्रित गर्ने बताएका छन् ।

सन् २००९ मा फ्रान्सको यु–२१ टोलीबाट खेलेका औवामियाङले त्यसपछि गावोनको यु–२३ टोलीबाट खेलेका थिए । ४ जनवरी २०२२ मौरितानियासँगको मैत्रीपूर्ण खेल नै राष्ट्रिय टोलीबा औवामियाङको अन्तिम खेल बनेको छ ।

May 9, 2024

समाज कल्याणद्वारा गोलबजार पराजित

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा कम्प्लेक्स, सातदोबाटोमा जारी सहिद स्मारक सो डिभिजन लिगमा बिहीबार सम्पन्न खेलमा समाज कल्याण खेलकुद सेन्टर विजयी भएको छ । समाज कल्याणले गोलबजार स्पोर्ट्स क्लब माथि २-१ को जित दर्ता गरेको हो । समाज कल्याणको जितमा रोशन छेत्रीले दुई गोल गरे । गोलबजारका लागि ओम प्रकाश सिंहले एक गोल गरेका थिए […]

May 9, 2024

उत्कृष्ट पुनरामगन गर्दै रियल च्याम्पियन्स लिगको फाइनलमा

एजेन्सी – खेलको अन्तिम समयमा उत्कृष्ट पुनरागमन गर्दै रियल म्याड्रिड युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । बायर्न म्युनिखविरुद्ध घरेलु मैदानमा भएको सेमिफाइनलको दोस्रो लेगमा बुधबार २-१ र समग्रमा ४-३ को जित निकाल्दै रियल फाइनलमा पुगेको हो । एक गोलले पछि परेको अवस्थामा ८१औं मिनेटमा मैदान प्रवेश गरेका जोसेलुले केही मिनेटको अन्तरालमा २ गोल […]

May 8, 2024

आरसी ३२ शीर्ष स्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजनको सातौं चरणको पहिलो खेलमा जित दर्ता गर्दै आरसी ३२ फुटबल एकेडेमी तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । बुधवार एन्फा कम्प्लेक्समा भएको खेलमा आरसी ३२ ले स्पोर्ट्स एकेडेमी साँगालाई २-० ले पराजित गरेको हो । आरसी ३२ को जितमा सुजन बलम्पाकी मगर र सञ्जय सुब्बाले समान १-१ गोल […]

Success

Thank you for your time.