default_image

2 years ago

May 19, 2022

नेपाल र माल्दिभ्सबीच साफ यू २० को उद्घाटन खेल हुने

काठमाडौं (हाम्रो खेलकुद)– दुई महिनापछि आयोजना हुने साफ यू २० फुटबल च्याम्पियनसिपको उद्घाटन खेलमा नेपाल र माल्दिभ्सबीच प्रतिस्पर्धा हुने भएको छ । भारतको भुवनेश्वरमा साउन ९ देखि २० गते सम्म च्याम्पियनसिप आयोजना हुँदैछ । नेपाल, माल्दिभ्ससहित श्रीलंका, बंगलादेश र आयोजक भारतले प्रतियोगितामा भाग लिनेछन् । पहिलो दिन अर्को खेलमा श्रीलंका र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ । […]

129 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– दुई महिनापछि आयोजना हुने साफ यू २० फुटबल च्याम्पियनसिपको उद्घाटन खेलमा नेपाल र माल्दिभ्सबीच प्रतिस्पर्धा हुने भएको छ ।

भारतको भुवनेश्वरमा साउन ९ देखि २० गते सम्म च्याम्पियनसिप आयोजना हुँदैछ । नेपाल, माल्दिभ्ससहित श्रीलंका, बंगलादेश र आयोजक भारतले प्रतियोगितामा भाग लिनेछन् । पहिलो दिन अर्को खेलमा श्रीलंका र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ ।

नेपालले साउन ११ गते श्रीलंकासँग, साउन १५ गते भारतसँग र लिगको अन्तिम खेल साउन १७ गते बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । राउन्ड रोविन लिगपछि शीर्ष २ टोलीबीच साउन २० गते उपाधिका लागि प्रतिस्पर्धा हुने साफले जनाएको छ ।

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.