default_image

10 years ago

September 16, 2015

नेपाल यु १६ बिरुद्ध जोर्डन यु १६ प्रत्यक्ष अपडेट

212 views

0 Bookmark

नेपाल २-१ जोर्डन

२८’  रेजिन सुब्बा

७०’  रेजिन सुब्बा

 सौजन्य  – ekantipur

नेपालले दोस्रो खेल सुक्रबार घरेलु टिम किर्गिज़स्तान  बिरुद्ध खेल्ने छ  |

खेलको समाप्ति संगै नेपालले जोर्डन माथि २-१ को जित निकालेको छ

९० + १ ‘ जोर्डनले गोल गरेको छ

९०’ ३ मिनेट थप समय

८८’ मनिष कार्कीको प्रहार जोर्डनका गोलरक्षकले बचाएका छन

८५’ खेलको अन्तिम  ५ मिनेट बाकी

७७’ जोर्डनको खेलाडीको प्रहारलाई नेपालका गोलरक्षक अर्पण कार्कीले सानदार बचाउ गरेका छन!

गोलमा थप जानकारी – दिनेश हेन्जनको पासमा रेजिन सुब्बाको प्रहारलाई जोर्डनका गोलरक्षकले ठमयाउन सकेनन

७०’ गोल, नेपालको लागि दोस्रो गोल | रेजिनले नेपालको अग्रता दोब्बर गरेका छन्

६६’ गोलकर्ता रेजिन को क्रसमा दिनेशको फ्री हेडर बाहिरिएको छ  |

६२’ नेपाल यहाँ भाग्यमानी साबित भएको छ |इब्राहिम मोहम्मदले लामो दुरीबाट गरेको प्रहार पोस्टमा लागेर बाहिरिएको छ 

५७’ जोर्दंलाई कर्नर , तर कुनै फाइदा उठाउन सकेन

५५’ नेपाल अझै १-० गोलले आगाडी, जोर्डनले केहि प्रयाश गरे पनि नेपाली किपरलाइ कुनै दुख दिन सकेको छैन

४६’ दोस्रो हाल्फ़ को सुरुवात , नेपाल १-० ले जोर्डन बिरुद्ध आगाडी छ

खेलको मध्यान्तर – नेपाल १ – ० जोर्डन 

४५’ दुइ मिनट समय थप

४४’ रेजिन को अर्को उत्क्रिस्ट प्रहार जोर्डनको किपरले मुस्किले बचाए

४२’ अशोक थापाको लामो प्राहर पोस्टमाथि गएको छ

३९’ नेपालको लागि खेलाडी परिवर्तन – दिनेश हेन्जन, प्रजेन गुरुङको स्थानमा आएका छन्

३३’ गोल गर्ने खेलाडी रेजिन घाइते , प्राथमिक उपचार पछि उनि खेलमा फर्किएका छन्

गोलमा थप जानकारी – जोर्डनका गोलरक्षक विट भइसकेको अवस्थामा जोर्डनका रक्षकले क्लियर गरेको बलमा रेजिन सुब्बाले  भलीमा गोल गरेका हुन्

२८’ गोल , नेपालले खेल मा अग्रता लिएको छ

२५’ नेपाललाई फ्रीकिक, रेजिन सुब्बाको लामा क्रस जोर्डनका गोलरक्षकले दोस्रो प्रयासमा समाते

 

Nepal U16 team Jordan

नेपालको सुरुवाती ११ खेलाडीहरु

 

२०’ नेपाली खेलाडीहरुबाट केहि मिस पास भए पनि खेल नेपालले नियन्त्रणमा राखेको छ

१५’ अशोक थापाको क्रस केही बाहिरिएको छ भने कप्तान मनिष कार्कीले पेनाल्टी बक्स बाहिरबाट गरेको प्रहारले दिशा लिन सकेन्

५’ प्रजेन तामाङले खुला अवसर , तर उनको फितलो प्रहारलाई जोर्डनका रक्षकले रोकिदिए

३’ जोर्डन सुरुआत देखिनै आक्रमक देखिएको छ । ३ मिनेटमा २ प्रहार गरिसकेको छ । नेपाल खेल मिलाउने प्रयास गर्दैछ

१’ खेल सुरु भएको छ

Nepal Jordan

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.